

नाइजेरिया बन्यो डिजिटल मुद्रा प्रयोग गर्ने पहिलो अफ्रिकी मुलुक



एजेन्सी
नाइजेरिया डिजिटल मुद्रा प्रयोग गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। नाइजेरियाले डिजिटल मुद्रा ईनाइरा सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार नाइजेरियाले कारोबारको खर्च र आधिकारिक वित्तीय प्रणालीमा आफ्नो सहभागिता बढाउन भन्दै डिजिटल मुद्रालाई मान्यता दिने निर्णय गरेको हो।
नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले टेलिभिजनबाट सन्देश जारी गर्दै डिजिटल मुद्राको प्रयोग र यसको ब्लकचेन प्रविधिले नाइजेरियाको अर्थतन्त्रमा महत्वपूर्ण सुधार ल्याउन सक्ने विश्वास व्यक्त गरेका छन्।
उनले अबको १० वर्षमा नाइजेरियाको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) २९ अर्ब अमेरिकी डलर पुग्ने विश्वास व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अनुसार अहिले नाइजेरियाको जीडीपी ४८ करोड डलर छ।
यसअघि गत फेब्रुअरीमा नाइजेरियाको केन्द्रीय बैंकले वित्तीय संस्थाहरुलाई क्रिप्टोकरेन्सीमा कारोबार गर्न नपाउने नियम ल्याएको थियो। अहिले नाइजेरियाले ल्याएको डिजिटल मुद्रा ईनाइराको भाउ नाइजेरियाको मुद्रासँग मिल्दो छ। डिजिटल मुद्राले आगामी दिनमा वैदेशिक व्यापारमा सहयोग पुग्ने नाइजेरियाको केन्द्रीय बैंकले बताएको छ। केन्द्रीय बैंकका अनुसार ईनाइराको भाउ सधैं यथावत रहनेछ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया