

रुकुम पश्चिम: युवाहरुबीच खुकुरी हानाहानमा एक घाइते




रुकुम पश्चिम — रुकुम पश्चिमको आठबीसकोटस्थित युवाहरुबीच खुकुरी हानाहान हुँदा एक जना गम्भीर घाइते भएका छन् । बुधबार अपराह्न ४ बजेतिर आठबीसकोट नगरपालिका–३, को खदीमा तलिगाउँ र माथिगाउँका युवाहरुबीच खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कपिल शाहीका अनुसार कर्णबहादुर बोहरा घाइते भएका छन् । उनको टाउको, चिउँडो, निधार, मुख र बायाँ हत्केलामा चोट लागेको प्रहरी निरीक्षक शाहीले बताए पुरानै रिसइवीका कारण १८ वर्षीय महेन्द्र विक, २४ वर्षीय गोपाल विक, २१ वर्षीय विष्णु कामी र २३ वर्षीय कृष्ण विकले खुकरी प्रहार गरेको खबर आएको प्रहरी निरीक्षक शाहीले बताए । घाइते बोहराको स्वास्थ्यचौकीमा उपचार सुरु भएको छ । थप उपचारका लागि हेलिकोप्टर ल्याउन पहल भइरहेको प्रहरीले जनाएको छ । केही साताअघि बोहरा लगायतको समूहले गोपाल विक लगायतको समूहलाई खुकुरी हानेर घाइते बनाएको प्रहरीकहाँ उजुरी परेको थियो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया