

अमेरिका र चीनलाई वार्ताका लागि संयुक्त राष्ट्रसंघको आग्रह

काठमाण्डौ –
संयुक्त राष्ट्रसंघ (यूएनओ)ले अमेरिका र चीनलाई वार्ताका लागि आग्रह गरेको छ । पछिल्लो समय दुई देशबीच विवाद बढ्दै गएका बेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र चीनलाई वार्तामा संलग्न हुन आग्रह गर्नुभएको हो ।
उहाँले तिक्तता र अन्य यस्तै गतिविधिले विश्व विभाजित हुँदै जान सक्नेतर्फ पनि सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । महासचिव गुटेरेसले अहिले देखिएको विवाद प्रारम्भिक विन्दु रहेको भन्दै शीतयुद्धको तुलनामा यसबारेमा धेरै कम पूर्वानुमान गर्न सकिने बताउनुभएको छ । गुटेरेसले संयुक्त राष्ट्रसंघ महासभामा आपसी विश्वासलाई पुनस्र्थापित गरी आशालाई प्रेरित गर्न एकआसपमा सहयोगको आवश्यकता रहेको समेत उल्लेख गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौतालाई लिएर विवाद बढेको छ । त्रिदेशीय सम्झौताले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने भन्दै चीनले कडा विरोध गर्दै आएको छ । त्यस्तै सम्झौतामा आपत्ति जनाउँदै फ्रान्सले अस्ट्रेलिया र अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाएको छ ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया