आज असाेज १ : यी राशिको भाग्य चम्किने छ, हेर्नुहाेस्

। आज मिति २०७८ असोज १ गते शुक्रबार । तदनुसार १७ सेप्टेम्बर २०२१ । श्री  माता लक्ष्मीको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।
  • आजको पंचाङ्ग : 

वि.सं. असोज ०१, २०७८ । ई.सं. 17 Sep, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ ञलाथ्व । दक्षिणायन । शरद । शुक्रवार । भाद्र शुक्लपक्ष । तिथि – एकादशी , ८:२९ बजे उप्रान्त त्रयोदशी । नक्षत्र – श्रवण , २८:४७ बजे उप्रान्त धनिष्ठा । योग – अतिगण्ड , २२:३४ बजे उप्रान्त सुकर्मा । करण – भद्रा ८:२९ बजेदेखि वव , १९:४१ बजे उप्रान्त गर । चन्द्रराशि – मकर । आनन्दादि योग – धुम्र । दिनमान ३०।३६ । सूर्योदय ५:५० । सूर्यास्त १८:०४ । आश्विन संक्रान्ति, विश्वकर्मापूजा, वास्तुदिवस, हरिपरिवर्तिनी एकादशीव्रत, वामनद्वादशी

आजको राशिफल 

मेष – (चु, चे, चो, ला, ली, लु, ले, लो, अ)
कामहरु बन्दै जानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । पराक्रम बढनेछ । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।

वृष – (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
आज मन प्रसन्न रहनेछ । भगवान प्रति भक्ति बढनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

मिथुन – (का, की, कु, घ, ङ, छ, के, को, हा)
सन्तान तथा परिवारसंग मतभेदका कारण विवाद हुन सक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । सरकारी काममा झमेला हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुने छैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । अध्ययनको क्षेत्र त्यति फलदाइ हुने छैन ।

कर्कट – (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
मनमा चिन्ता बढ्नेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । चीसोले समस्या पार्नेछ । चोटपटकको संभावना छ । पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्नेछ । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

सिंह – (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । प्रेममा सफल हुने दिन छ । मनमा धार्मिक भावना प्रवल रहेको छ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।

कन्या – (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । श्रीमती / प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ । मनले चिताएको काम पुरा हुनेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहनेछन ।

तुला – (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
मिहनेतसाथ गरेको कामपनि विग्रनेछ । यात्रा अर्थपूर्ण हुने छैन । स्वास्थ्यमा समस्या देखिनेछ । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।

वृश्चिक – (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । पानीबाट हानीहुने योग छ । काम विग्रने खालको समय छ । आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।

धनु – (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
आकस्मिक धनलाभ हुने योग छ । उपहार प्राप्तिले मन प्रसन्न रहनेछ । प्रेममा सफल हुने योग छ । व्यवसाय राम्रो रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । शत्रु पराजित हुनेछन । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।

मकर – (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)
मनमा असन्तोष बढने छ । घाँटिमा समस्या आउनेछ । पढाइमा मन लाग्ने छैन । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नुहोला अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।

कुम्भ – (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । स्त्रीसुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायबाट प्रसस्त आम्दानी होला ।

मीन – (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउनेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जाने छैन । व्यर्थ भ्रमण हुनेछ । व्यवसायमा घाटा होला । काममा बाधा उत्पन्न हुनेछ । फजुल खर्च बढ्नेछ ।

प्रतिक्रिया

खबर सबै