

आजको राशिफल : हेर्नुस् तपाईको आज कस्तो छ ?


वि.सं. २०७८ साल भदौ २९ गते । मंगलबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–अष्टमी, दिउसो ०२ बजेर ४७ मिनेट उप्रान्त नवमी । नक्षत्र–ज्येष्ठा, बिहान ०९ बजेर ४६ मिनेट उप्रान्त मूल । योग– प्रिती, बिहान ०९ बजेर ३५ मिनेट उप्रान्त आयुष्मान । करण–बव, दिउसो २ बजेर ३६ मिनेट उप्रान्त बालव,रातको ०५ बजेर ३७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मुद्गर योग ।
आजको राशिफल :
मेष : लामो दुरीको व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ। भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरूमा लाभ मिल्ने समय रहेको ।
वृष : अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमूलक क्षेत्रमा रुचि बढ्नेछ । मध्यान्हबाट समय मध्यम रहेको छ ।
मिथुन : मायाप्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय बिताउँदा खुसी भएको महसुस गर्नेछन् । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ ।
कर्कट : वादविवाद तथा प्रतिस्पर्धामा शत्रु परास्त हुनेछन् । पुरानो रोग तथा स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ ।
सिंह : आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मीयता बढेर जानेछ ।
कन्या : बिहानको समय राम्रो रहेकोले छोटो दुरीको व्यावसायिक यात्राको तय गर्न सकिनेछ । खानपान तथा मौसमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउन सक्छ ।
तुला : पारिवारिक माहौलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरू समयमा बन्नेछन् ।
वृश्चिक : शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ । नयाँ काम थालनी गर्दा भविष्यमा मनग्गे धन लाभ हुनेछ ।
धनु : बिहानको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले मनमुटाब सिर्जना हुनेछ ।
मकर : काम गर्दा विशेष सावधानी अपनाउनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।
कुम्भ : साथीभाइ तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ ।
मीनः बुवा तथा बुवा सरहका मानिसबाट काममा सहयोग हुनेछ । माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया