

आजको राशिफल : हेर्नुस् तपाईको आज कस्तो छ ?



वि.सं. २०७८ साल भदौ २९ गते । मंगलबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–अष्टमी, दिउसो ०२ बजेर ४७ मिनेट उप्रान्त नवमी । नक्षत्र–ज्येष्ठा, बिहान ०९ बजेर ४६ मिनेट उप्रान्त मूल । योग– प्रिती, बिहान ०९ बजेर ३५ मिनेट उप्रान्त आयुष्मान । करण–बव, दिउसो २ बजेर ३६ मिनेट उप्रान्त बालव,रातको ०५ बजेर ३७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मुद्गर योग ।
आजको राशिफल :
मेष : लामो दुरीको व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ। भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरूमा लाभ मिल्ने समय रहेको ।
वृष : अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमूलक क्षेत्रमा रुचि बढ्नेछ । मध्यान्हबाट समय मध्यम रहेको छ ।
मिथुन : मायाप्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय बिताउँदा खुसी भएको महसुस गर्नेछन् । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ ।
कर्कट : वादविवाद तथा प्रतिस्पर्धामा शत्रु परास्त हुनेछन् । पुरानो रोग तथा स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ ।
सिंह : आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मीयता बढेर जानेछ ।
कन्या : बिहानको समय राम्रो रहेकोले छोटो दुरीको व्यावसायिक यात्राको तय गर्न सकिनेछ । खानपान तथा मौसमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउन सक्छ ।
तुला : पारिवारिक माहौलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरू समयमा बन्नेछन् ।
वृश्चिक : शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ । नयाँ काम थालनी गर्दा भविष्यमा मनग्गे धन लाभ हुनेछ ।
धनु : बिहानको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले मनमुटाब सिर्जना हुनेछ ।
मकर : काम गर्दा विशेष सावधानी अपनाउनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।
कुम्भ : साथीभाइ तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ ।
मीनः बुवा तथा बुवा सरहका मानिसबाट काममा सहयोग हुनेछ । माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया