

नेपालमा ६८.६ प्रतिशत जनसंख्यामा कोभिड-१९ विरुद्धको एन्टिबडी



नेपालमा हालै गरिएको राष्ट्रिय सेरोप्रिभिलेन्स सर्वेक्षणले ६८.६ प्रतिशत जनसंख्यामा कोभिड १९ विरुद्धको एन्टिबडी बनेको देखाएको छ। अध्ययनमा खोप लिएका तथा नलिएका दुवैथरी नमुना समावेश गरिएको थियो। देशभरिका ६ वर्षमाथिका १३ हजार १ सय ६१ जनालाई सहभागी बनाइएको सर्वेक्षणबाट यस्तो नतिजा प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सर्वेक्षणको नतिजा मन्त्रालयले आइतबार सार्वजनिक गरेको हो।
सर्वेक्षणले एक मात्रा खोप लिएकामध्ये ८० प्रतिशत र दुवै मात्रा खोप लिएकामध्ये ९० प्रतिशतमा एन्टिबडी बनेको देखाएको छ। यसको अर्थ नेपालमा प्रयोग गरिएको खोपको प्रभावकारिता राम्रो रहेको महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए। ‘प्रारम्भिक सर्वेक्षणमा खोप लगाएकाहरूमा देखिएको एन्टिबडी सकारात्मक छ’, उनले भने।
विश्व स्वास्थ्य संगठनको सहयोगमा महाशाखाले असार २१ देखि साउन ३० भित्रमा प्राप्त नमुना समेटेर अध्ययन गरेको थियो। सर्वेक्षणमा १३ हजार ७ सय जनामा अध्ययन गर्ने लक्ष्य लिइएकोमा १३ हजार १ सय ६१ जनाको परिणामका आधारमा प्रारम्भिक नतिजा प्रकाशित गरेको पौडेलले बताए।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया