

तालिबानविरुद्ध सडकमा उत्रिएकामाथि गोली हानियो





एजेन्सी
अफगानिस्तानमा तालिबानको काबुलमाथि नियन्त्रणको तीन दिनपछि कम्तीमा दुई शहरमा सर्वसाधारणले तालिबानको विरोधमा प्रदर्शन गरेको खबर आइरहेको छ ।
बुधबार नांगरहार प्रान्तको राजधानी जलालाबादपछि खोस्त प्रान्तको राजधानी खोस्तमा पनि सर्वसाधारण सडकमा उत्रिएर प्रदर्शन गरेको खबर छ ।
दुबै शहरमा ठूलो संख्यामा मानिसहरुले शहरको केन्द्रमा अफगानिस्तानको राष्ट्रिय झण्डा लगाए र र्याली निकाले ।
स्थानीय मिडियामा खोस्तबाट आएको भिडियोमा देखिए अनुसार त्यहाँ प्रदर्शनकारी सडकमाथि बनेको एक फुटब्रिजमा अफगानको झण्डा लगाइरहेको देख्न सकिन्छ त्यसपछि केही हतियारधारी मानिसहरुले त्यसलाई खसाल्ने कोसिस गर्छन् ।
भिडियोमा देखिए अनुसार बन्दुकधारीले त्यहाँ गोली पनि चलाउँछन् जसका कारण भागदौडको मच्चिन्छ । बीबीसी पश्तो सेवालाई स्थानीय स्रोतले दिएको जानकारी अनुसार उक्त प्रदर्शनमा कम्तीमा एकजना घाइते भएका छन् ।
यसअघि जलालाबाद शहरमा पनि यस्तै तस्बिर सार्वजनिक भएको थियो जहाँ मानिसहरुले अफगानिस्तानको झण्डा लिएर प्रदर्शन गरे र त्यसपछि उनीहरुलाई तितरबितर गर्नका लागि हावामा गोली चलाइयो ।
तालिबानले जलालाबादमा आइतबार बिहान कुनै लडाईं बिना नै कब्जा जमाएको थियो । त्यसपछि अफगानिस्तानलाई पाकिस्तानसँग जोड्ने सडकमा उनीहरुको नियन्त्रण भएको थियो ।
तर बुधबार जलालाबादबाट खबर आयो कि त्यहाँ नारा लगाइरहेको भीडले तालिबानको झण्डा हटाएर अफगानिस्तानको झण्डा लगाइदिए ।
प्रदर्शनकारीले तालिबानसमक्ष राष्ट्रिय ध्वज परिवर्तन नगर्न माग गरिरहेका थिए ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले देशको झण्डाको विषयमा हाल विचार विमर्श चलिरहेको बताएका छन् ।


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया