

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल




साउन ९, सिद्धार्थनगर ।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ । उनले भने, ‘हामी क्यालिबेरेसन फ्लाइटका लागि तयारीमा छौँ ।’
क्यालिबेरेशन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो । यसका लागि पाँचरसात सिट भएको विमान हुन्छ र त्यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्ने गर्दछ । उडानका क्रममा एन्टिना, सिङ्गल रिसिभ, लाइटिङ, कम्युनिकेशनलगायत सबै सूचना ठीक छ छैन भनी परीक्षण हुने गर्दछ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएका छन् । पहिलो अन्तर्राष्ट्रिय बोलपत्र आइसिबी वान अन्तर्गत छ अर्ब ८२ करोड रुपैयाँको काम भएको छ । दोस्रो अन्तर्राष्ट्रिय बोलपत्र ९आइसिबी टू० अन्तर्गत ५० करोडको काम र तेस्रो मुआब्जा वितरण २२ अर्ब ४० करोड रुपैयाँ भएको छ ।
क्यालिबेरेशन फ्लाइटमा सबै सिङ्गल र सूचना सही देखिएपछि मात्रै अन्य जहाजले उडान र अवतरण शुरु गर्ने गर्दछन् । गौतमबुद्ध विमानस्थलमा क्यालिबेरेसन फ्लाइटका लागि एरो थाइसँग सम्झौता भएको छ । परीक्षण उडान कहिले गर्ने भन्ने विषय एरो थाइमा भर पर्नेछ । कोरोना महामारीको कारण परीक्षण उडान केही समय ढिला हुने भने देखिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएका छन् । पहिलो अन्तर्राष्ट्रिय बोलपत्र ९आइसिबी वान० अन्तर्गत छ अर्ब ८२ करोड रुपैयाँको काम भएको छ । दोस्रो अन्तर्राष्ट्रिय बोलपत्र ९आइसिबी टू० अन्तर्गत ५० करोडको काम र तेस्रो मुआब्जा वितरण २२ अर्ब ४० करोड रुपैयाँ भएको छ ।
त्यसका अतिरिक्त कार्गो निर्माणका लागि ९० करोड रुपैयाँको काम भएको छ । यसरी सबै आयोजनाको काम जोड्दा ३० अर्ब रुपैयाँभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडिबिको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको छ ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र ९आइसिबी वान० मा सम्झौता भएर निर्माण कार्य विसं २०७१ माघ १ देखि शुरु गरेको हो ।
कूल छ अर्ब २२ करोड ५१ लख ३० हजार २२७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको हो । आइसिबी वानअन्तर्गत धावनमार्ग तीन हजार मिटर, चार वटा लिङ्क ट्याक्सी वे ९धावन मार्ग र जहाज पार्किङ्ग क्षेत्र जोड्ने बाटो०, पाँच वटासम्म अन्तरराष्ट्रिय जहाज पार्किङ गर्नसक्ने क्षमताको जहाज पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, ५०० कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल विल्डिङको उपकरणसहितको काम, धावन र ट्याक्सी वे सबै काम रहेका छन् ।
आइसिबी वानअन्तर्गत शुरुआतमा ठेक्का सम्झौता गर्नुभन्दा यतिबेला कस्ट भेरियसन हुँदा रु ६० करोड रकम वृद्धि भएको छ । मूल्य समायोजनको मूल कारण जहाज उडान र अवतरणको लागि आवश्यक भिजिबिलिटिका थप काम भएको आयोजना प्रमुख अधिकारी बताउँछन् ।
उनका अनुसार शुरुआतमा क्याट वानअन्तर्गतको कामगर्ने गरी सम्झौता भएको थियो तर पछि काम गर्दै जादा क्याट टू को स्तरमा काम गर्ने गरी अगाडि बढ्ने भनिएकाले ०७५ मङ्सिरमा पहिलो भेरियसन गरी रु ६० करोड रकम थप गरिएको हो । क्याट वानमा भिजिबिलिटी ५५० मा उडान अवतरण हुने गर्दछ भने क्याट टू मा ३५० भिजिबिलिटिमा उडान र अवतरण हुने गर्दछ । क्याट टू का लागि आवश्यक पूर्वाधार धावनमार्गको सबै लाइटको प्रोजेक्ट र उपकरणको स्तरीयता वृद्धि गरिएकाले शुरुआती लागतमा वृद्धि भएको आयोजना अधिकारीको तर्क छ ।
यस्तै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दोस्रो चरणको अन्तरराष्ट्रिय बोलपत्र ९आइसिबी टू० मार्फत सन् २०१९ मार्चमा रु ५० करोड लागतमा एरोनोटिकल रेडियो अफ थाइल्यान्ड ९एरो थाई० ले ठेक्का प्राप्त गरी नौ महिनाभित्र काम सम्पन्नगर्ने गरी काम अगाडि बढाएको हो । यो परियोजनामा दुईपटक म्याद थप भइसकेको छ । नब्बे प्रतिशत उपकरणको काम रहेको उक्त परियोजनामा जहाजको उडान र अवतरणका लागि आवश्यक उपकरण जडान ९आइएलएस०, जहाजको स्थिति, लोकेशन, र सञ्चार ९डिभिओआर÷डिएमई०, सञ्चार उपकरण ९भिएचएफ रेडियो०, एचएफ सिस्टम, एटिसी कन्सोल, एमएचएस, भिसिसिएस, एटिस सिस्टम, अटोमेटिक वेदर अबजरभेसन सिस्टम गरी मुख्य १० किसिमका काम भएका छन् ।
आवश्यक सबै उपकरण अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड र अस्ट्रियाबाट ल्याइएको आइसिबी टू का परियोजना व्यवस्थापक प्रविन न्यौपानेले बताए । ‘आवश्यक सबै उपकरण जडान भइसकेको छ ।
(रासस साभार)


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया