

आज मुस्लिम समुदायले रमजान मनाउँदै




काठमाडौं
ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान शुक्रबार धुमधामसँग मनाइँदै छ । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ । यो पर्वका लागि मुसलमानले एक महिनासम्म रोजा(उपावास) बसेका थिए । नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो ।
रमजान महिनामा नै मुसलमानका सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।
दान दिनु गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान ब्रतको हिजो अन्तिम साँझ मुसलमानले चन्द्रमा हेर्न आकाश तिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ ।
नेपाली जामे मस्जिद काठमाडौंले बुधबार विज्ञप्ति जारी गरी आज नेपालको कुनै भाग र छिमेकी राष्ट्रहरूबाट पनि चन्द्रमा नदेखिएकोले ‘इद’ शुक्रबार मनाउन सूचना जारी गरेको थियो ।
खाडी मुलुकमा विहीबार ‘इद’ धुमधामसँग मनाएको छ । ती देशहरूमा नेपालको भन्दा एक दिन अगाडि चन्द्रमा हेर्न पाउँछन् । साउदी अरबको जेद्धामा नेश्नल बिस्कुट उद्योगमा काम गर्ने नेपाली युवा मोहम्मद कादिरले आज बिहान हामी कोरोना महामारीको सङ्घारमा मास्क लगाएर एक मिटरको दूरी कायम गरेर अल्लाहको प्रार्थाना गरे र नेपालमा पनि यो महामारीबाट बच्न र बचाउन स्वास्थ्य आचार संहिता पालना गरेर इद उल फित्तर मनाउन आग्रह गरेका छन् ।
यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया