

कपिलधाममा संस्कृत विद्यापीठ संचालन




कपिलवस्तु ।
कपिलवस्तुको धार्मिक पर्यटकीय स्थलको रुपमा स्थापित कपिल आरोग्य मन्दिर कपिलधाममा संस्कृत विद्यापीठ संचालनमा आएको छ ।
बिहिबार एक कार्यक्रमका बीच कपिलधाममा पहिलो दिन पाँच जना विद्यार्थीहरुलाई भर्ना गरी कक्षा आरम्भ गरिएको धामका अध्यक्ष शंकर प्रसाद आचार्यले जानकारी दिनुभयो । यस वर्षका लागि जम्मा १३ जना विद्यार्थीहरुको भर्ना लिने गरी संस्कृत विद्या आर्जनका लागि संस्कृत विद्यापीठ संचालन गरिएको हो ।
विद्यापीठमा अध्ययन गर्ने बटुकहरुका लागि पीठमै खाना बस्न सँगै शिक्षा आर्जनको प्रबन्ध मिलाइएको छ ।
पछिल्लो समय कपिलधाम आन्तरिक पर्यटकहरुको रोजाईको केन्द्रका रुपमा विकास हुँदै गएको छ भने जडिबुटी उत्पादन सँगै धार्मिक स्थलको रुपमा पनि विकास भएको छ । सोही क्रममा संस्कृत शिक्षाको विकास र नयाँ पुस्तामा संस्कृत विद्याको शिक्षा प्रदान गर्ने उद्धेश्य सहित संस्कृत विद्यापीठको संचालन गरिएको धामका अध्यक्ष आचार्यले बताउनुभयो ।
कपिलमुनी वैद्धिक संस्कृत विद्यापीठको रुपमा सो पीठ संचालन गरिएको हो । एक जना शिक्षकको समेत व्यवस्था गरी बिहिबार देखि नै कक्षा संचालन भएको जनाइएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया