नेपाल स्काउट लुम्बिनी प्रदेशद्वरा कोरोना खोप सचेतना कार्यक्रम सप्पन्न

नेपाल स्काउट लुम्बिनी प्रदेशले कोरोना भाइरस ९कोभिड–१९० सम्बन्धी सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ । सरकारले कोरोना विरुद्धको खोप अभियान सुरु गरेसँगै समुदायस्तरमा खोप सम्बन्धी सचेतना कार्यक्रमलाई तिब्रता दिएको नेपाल स्काउट लुम्बिनी प्रदेश अध्यक्ष दिनानाथ भट्टराईले बताए ।

बिशेष गरि प्रदेशका चार जिल्ला रुपन्देही, कपिलवस्तु, बाँके र नवलपरासीमा खोप सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । समुदायस्तरमा अझैपनि मानिसहरुलाई खोपको बिषयमा भ्रम रहेकोले सरकारले प्राथमिकताका आधारमा निःशूल्क प्रदान गर्दै आएको खोप सुरक्षित छ र सबैले ढुक्क भएर लगाउनु आग्रह गर्दै सचेतना कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

प्रतिक्रिया

खबर सबै