
मन्त्रिपरिषदको निर्णय : कपिलवस्तुको भलवाडमा बन्ने भयो औधोगिक ग्राम

पवनराज पाण्डे
कपिलबस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित भलवाडमा औधोगिक ग्राम बन्ने भएको छ ।
उद्योग तथा आपूर्ति मन्त्रालयको औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा र नेपाल सरकार मन्त्रि परिषदको फाल्गुण १५ गतेको निर्णय अनुसार भलवाडको बर्दहवामा सो औधोगिक ग्राम बनाउने गरी निर्णय भएको हो । ११.१०.०६ बिगाह क्षेत्रफलमा फैलने उक्त औधोगिक ग्रामका लागि पूर्वमा कोइलि खोला, पश्चिममा कित्ता नम्बर ४११ र ४३०, उत्तरमा बाणगंगा चक्रपथ सडक र दक्षिणमा बर्दहवा कोइलि खेल मैदान रहने गरी मन्त्रिपरिषदले उक्त स्थान सिफारिष गरेको छ । भलवाडको बर्दहवा क्षेत्रमा बन्ने उक्त औधोगिक ग्रामले स्थानिय श्रोत साधनको परिचालन तथा स्थानिय सीपको उच्चतम प्रयोग गरी लगानी बृद्धि गर्ने अपेक्षा पनि गरिएको छ ।
विकासका हिसाबले वाणगंगामा केही पछि परेको भलवाडमा औधोगिक ग्रामको निर्माणले भलवाडमा उद्योगको विकास र उत्पादनमा सोम बृद्धि हुने देखिएको छ । स्निय तहबाटै औद्योगिक ग्रामको स्थापना, संचालन तथा ब्याबस्थापन गर्ने नेपाल सरकारको योजना अनुरुप वाणगंगा नगरपालिकालाई मन्त्रालयले औधोगिक ग्राम घोषणा भएको आदेश सहितको पत्र पठाएको हो ।
प्रत्यक स्थानीय तहमा एक औद्योगिक ग्राम घोषणा गरि संचालनमा ल्याउने नेपाल सरकारको नीति अनुसार आ ब २०७६/०७७ मा नेपाल सरकार को निर्णयअनुसार ४५ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा भइ बिकास र निर्माण को चरणमा रहेक छन ।
औधागिक ग्रामको स्थापनाले वाणगंगा नरपालिकामा भलवाडलाई औधागिक करिडोरका रुपमा विकास गर्ने र सथानिय स्रोत तथा साधनको अधिकतम उपयोग गरी रोजगारीको वातावरण समेत सिर्जना गर्न सकिने विश्वास लिइएको छ ।



खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया