

ह्याचरी संचालकद्धारा विद्यार्थीलाई दिवा खाजा स्वरुप ७२ क्यारेट अण्डा वितरण



कपिलवस्तु ।
कपिलवस्तुको जनसेवा आधारभूत विद्यालयका तीन सय बढी विद्यार्थीलाई पौष्टिक आहार स्वरुप खाजामा कुखुराको अण्डा वितरण गरिएको छ ।
कपिलवस्तु पोल्ट्री एण्ड ह्याचरी उद्योगका संचालकद्धोय आत्मराम बेल्वासे र राजेन्द्र अधिकारीले विद्यालयको कक्षा वालविकास देखि कक्षा ८ सम्म अध्ययनरत छात्रछात्राहरुलाई उसिनेको अण्डा प्रदान गर्नुभएको हो ।
विद्यालय प्राङ्गणमै दिवा खाजाको रुपमा प्रति विद्यार्थी दुई वटा अण्डा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
ह्याचरी संचालक बेल्वासे र अधिकारीले जनसेवा आधारभूत विद्यालयका विद्यार्थीहरुको दिवा खाजाका लागि आफ्नै फार्ममा उत्पादन भएको अण्डा सहयोग प्रदान गर्नुभएको हो । २ हजार १ सय ६० गोटा आर्थात ७२ क्यारेट अण्डा विद्यालयका लागि दिइएको संचालक बेल्वासेले बताउनुभयो ।
सामान्य परिवारबाट विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थीहरुको पोषण क्षमतामा बृद्धि होस भन्ने उद्धेश्यले अण्डा प्रदान गरिएको उहाँले बताउनुभयो ।
बेल्वासे र अधिकारीले संचालन गर्नुभएको सो ह्याचरी उद्योग वाणगंगा नगरपालिका वडा नम्बर ४ स्थित झुँगाहमा रहेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया