

दुवै देशको सीमा क्षेत्रबाट सेना फिर्ता बोलाउन सहमत भए भारत र चीन




एजेन्सी
भारत र चीनले विवादास्पद हिमालयन सीमाबाट आफ्ना सेना फिर्ता बोलाउन सहमत भएका छन् । दुवै राष्ट्रका उच्च सैनिक अधिकारीहरुले आ–आफ्नो क्षेत्रबाट सीमामा खटाइएको सैनिक फौज फिर्ता बोलाउने सहमति भएको बीबीसीले जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार दुवै देशका सैनिक अधिकारीहरुले पाङगोङ त्सो तालबाट सुरक्षाकर्मी फिर्ता बोलाएका छन ।
यस्तै अन्य क्षेत्रमा रहेका सेना पनि फिर्ता बोलाउने प्रक्रियामा रहेको विज्ञप्तीमा उल्लेख छ । दुवै देशबीच सीमा स्वामित्वका बारेमा विवाद हुँदा गत वर्ष पटक पटक झडपहरु भएका थिए । सो झडपमा परेर भारत र चीन दुवै पक्षमा सेनाको मृत्यु भएको थियो ।
चीनले सो क्षेत्रमा झडप भएको लामो समयपछि मात्र आफ्ना सेना मारिएको स्वीकार गरेको छ । गत जुनमा गलवान उपत्यकामा भारतीय सैनिकसँगको संघर्षमा आफ्ना चार जना सैनिक मारिएको पुष्टि चीनले गरेको छ ।
सो झडपमा २० जना भारतीय सैनिक मारिएको दावी गरेपनि आफ्नो तर्फको क्षति भने सार्वजनिक गरेको थिएन । सो झडपपछि दुवै पक्ष सीमाको दसगजा क्षेत्रमा अनधिकृत रुपमा प्रवेश नगर्ने सहमति जनाएका हुन् ।
दुवै राष्ट्रले यही फेब्रुअरी ११ मा विवादास्पद सीमा क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाउने घोषणा गरीसकेका छन् । दुवै देशले लद्दाखलगायत अन्य क्षेत्रमा देखिएको विवाद समाधानका लागि पनि वार्ता जारी राख्ने जनाएका छन् ।
विवादास्पद सीमा क्षेत्रमा शान्ति कायम गर्न दुवै देशले अन्तिम प्रयास गर्ने विज्ञप्तीमा उल्लेख छ । भारत र चीनबीच सीमा स्वामित्वलाई लिएर दशकौं अघिदेखि विवाद जारी छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया