
कपिलवस्तु जेसिजमा वर्ष २०२१ लाई पद हस्तान्तरण


कपिलवस्तु
कपिलवस्तु जेसिजको पद हस्तान्तरण सम्पन्न भएको छ । जेसिज वर्ष २०२० का अध्यक्ष मनोजकुमार खत्रीले वर्ष २०२१ का अध्यक्ष भिमकान्त भट्टराईलाई पद हस्तान्तरण गर्नुभएको छ ।
आज एक कार्यक्रममार्फत पद हस्तान्तरण गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेश सांसद विष्णु पंन्थीको प्रमुख आतिथ्यतामा वर्ष २०२१ का लागि अध्यक्ष भट्टराईलाई पद हस्तान्तरण गरिएको हो । कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्र अर्यालको विशिष्ट अतिथ्यता सहित विभिन्न जिल्लाका जसिज शाखा अध्यक्ष , विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको अथितियतामा कार्यक्रम सम्पन्न भएको हो ।
जेसिज वर्ष २०२० का अध्यक्ष मनोज कुमार खत्रीको अध्यक्षता, कपिलवस्तु जेसिज पुर्व अध्यक्ष रमेशकान्त भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रममा सो पद हस्तान्तरण गरिएको हो ।
पद हस्तान्तरण गर्दा जेसिज अध्यक्षको लकेट पुर्व अध्यक्षहरुले नव निर्वाचित अध्यक्षलाई लगाई शुभकामना दिएका थिए । त्यस्तै कार्यक्रममा पुर्व अध्यक्ष खत्रीले नव निर्वाचित अध्यक्ष भट्टराईलाई पद ग्रहण सहित शपथ खुवाउनुभएको थियो ।
यस्तै कार्यक्रममा २०२० को प्रगति तथा २०२० मा सम्पन्न भएका कार्यक्रमहरुको भिडियो प्रर्दशन गरिएको थियोे ।
कार्यक्रममा प्रमुख अथिति, विशिष्ट अथितिहरुले शुभकामना मन्तव्य दिदै वर्ष २०२१ लाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कपिलवस्तु जेसिज वर्ष २०२० कपिलवस्तुमा सबै भन्दा सफल र नेपाल जेसिजबाट ईतिहासमा पहिलो पटक आर्वड पाएको वर्ष हो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया