अवैध नदीजन्य पदार्थ उत्खनन् गरिरहेको एक जेसिबी भलवाडबाट बरामद

भलवाड
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ९ पडरिया स्थित धिरी खोलामा अवैध नदीजन्य पदार्थ उत्खन्न गरि रहेको अवस्थामा एक जेसिवी बरामद गरिएको छ ।

ईलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङको कमाण्डमा खटिएको टोलीले उक्त जेसिबी बरामद गरिएको हो । विशेष सुचनाका आधारमा प्रहरी उक्त स्थानमा पुग्दा खोलामै जेसिवीले अवैध नदीजन्य पदार्थ उत्खन्न गरेको थियो ।

लु १ क २८१३ नम्बरको जेसिबी भएको प्रहरी जनाकारी दिएको छ । थप कारबाहीका लागी जिल्ला समन्वय समितिमा पठाईएको ईलाका प्रहरी कार्यलय पिपराले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै