
कपिलवस्तुमा पनि मनाइयो लखन थापा दिवस


कपिलवस्तु
आज नेपालका प्रथम सहिद लखन थापाको १४४ औं स्मृति दिवस । उहाँको जन्मस्थल गोरखाको सहिद लखन गाउँपालिका ८ बुङ्कोट सहित देशभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइएको छ ।
लखन थापामगर स्मृति प्रतिष्ठान र नेपाल मगर सङ्घको आयोजनामा आज देशभरि विविध कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।
जहानियाँ राणा शासनविरुद्ध आन्दोलन चलाएको भन्दै थापालाई १९३३ साल फागुन २ गते गोरखाको बुङ्कोटमा खिर्राको रुखमा झुन्ड्याएर हत्या गरिएको थियो । सोही दिनको घटना सहित थापाको सम्झनामा कपिलवस्तुको चार नम्बर जितपुरमा पनि दिवसका अवसरमा कार्यक्रम गरी मनाइएको छ ।
नेपाल मगर संघ कपिलवस्तुले आयोजना गरेको उक्त कार्यक्रममा लखन थापाको तस्वीरमा लुम्बिनी प्रदेश सासंद विष्णु पन्थीले माल्याअर्पण गर्नुभयो । सासंद पन्थीले आफ्नो लागी बाल्य अवस्थादेखि राजनीति यात्रा सम्ममा नेपालका प्रथम सहिद लखन थापा प्रेरणाको स्रोत भएको पनि बताउनुभएको छ ।
देशको वर्तमान अवस्थासम्म आईपुग्न लखन थापाको अविस्मरणीय योगदान रहेको भन्दै सम्पूर्ण सहिदहरुको उच्च सम्मानका लागी सबै देश विकासको यात्रामा लाग्नुपर्ने उहाँको भनाई थियो ।
त्यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले देशका लागी आहुति दिने थापाको भूमिकाबाट आम जनसमुदायले धेरै प्रेरणा लिन सक्ने बताउनुभयो ।
त्यस्तै उता नेपाल मगर संघ कपिलवस्तुका अध्यक्ष मोहन सिंजाली मगरले प्रदेशमा मगर जातीको बहुल्यता रहेकाले मगर समुदायलाई विदेश महत्वका साथ हेरिनुपर्ने बताउनुभएको छ । उहाँले कपिलवस्तुमा पनि मगर जातीको बहुल्यता रहेका पालिकाहरुमा विशेष योजना बनाउन जरुरी रहेको बताउनुभएको छ ।
नेपाल मगर संघ कपिलवस्तुका उपाध्यक्ष उत्तम आलेको मन्त्वय रहेको कार्यक्रम मिना गाहा मगरको संचालनमा सम्पन्न भएको हो ।
लखन थापामगरको बलिदान र योगदानको कदर गर्दै सरकारले उहाँलाई २०५६ सालमा सहिद घोषणा गरेको थियो भने २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो सहिदको दर्जा प्रदान गर्ने निर्णय गरेको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया