

नेकपाको द्धन्द्ध देश सिद्धयाउने खेल : पुर्व उपप्रधानमन्त्री के.सी





कपिलवस्तु
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सीले नेकपाको पार्टि भित्रको झगडा भित्रै मिलाउन नसक्दा देशलाई नै गम्भिर असर पर्ने गरि संसद विघटनको कु गर्ने बाटो रोजेको बताएका छन् ।
कपिलवस्तुको गोरुसिँगेमा आयोजित राष्ट्रिय जनमोर्चाको आम सभालाई सम्बोधन गर्दै उनले पार्टि निति सिद्धान्तले नमिल्दै एकिकरण गरेको घोषणा मात्र गरेर अर्थ नभएको भन्दै उनले नेकपा भित्रको झगडा लेनदेन र भागवण्डाको रहेको जानकारी गराए । उनले संसद विघटन हुन पुर्व भारतिय गुप्तचर लगाएतका ४ वटा भारतिय एजेन्टले प्रधानमन्त्रीलाई भेटेको र नेकपा भित्रको किचलोको बेला भारतले दाउ खेलेर ओलीलाई आफ्नो कब्जामा लिएको बताउदै ओली भारत परस्त भएको आरोप लगाए । भौतिकबादी कम्युनिस्ट पार्टीको अध्यक्ष हुँ भन्ने पशुपतिमा पुजा अर्चना गर्नु त्यसको ताजा उदाहरण भएको उनको तर्क थियो ।
सरकार पक्ष नै अहिले मासु भात बाड्दै पेट्रोल पम्पमा लाईन लगाएर सड्कमा जनता उतार्दै हिड्नु भनेको “उडन् नसक्ने चरिको बाटैमा गुड” भनेजस्तै भएको उनले जिकिर गरे । संघियता सरकारका लागि न्याउरी मारी पछुतो जस्तै भएका बताएका के. सी.ले प्रधानमन्त्री ओली हिन्दु राज्य बनाउने तर्फ उद्दत रहेको बताउदै जबरजस्ती ल्याइएको संघियताले अहिले देश धरापमा परेको पनि बताए । उनले लुम्बिनी प्रदेश लगाएत २ नं प्रदेश र अन्य प्रदेशमा पनि पहाडबाट अलग्याउने प्रयास पहिले भएको र अहिले नामाकरण र राजधानीका नाममा अर्बो सिद्धयाउने खेल भएको बताए ।
पुर्व उपप्रधानमन्त्री समेत रहेका के. सी. ले संघीयताकै कारण नेकपामा लडाई सुरु भएको भन्दै जनतालाई करको भारी मात्रै बोकाउन संघियता थोपरिएको भन्दै उनले यो ब्यबस्था देशको हितमा हुनै नसक्ने दावी पनि गरेका छन् ।
एम . सि . सि . परियोजना नेपाल र नेपालीको हितमा नभएको भन्दै नेता के . सी . ले चिनलाई घेरामा पार्ने उदेश्यले एम. सि. सि. परियोजन ल्याउन बल गरिएको बताएका छन् ।
देश विकासमा एकजुट भएर हिड्ने बेला देशमा कलकारखाना उद्योग धन्दा स्थापना गर्नु पर्ने काम नगरेर गलत बाटो हिडेकोले समस्या मात्रै थोपारिएको उनले उल्लेख गरे । जनता एकजुट भएर संघीयता फाल्न र धर्म निरपेक्षता र गणतन्त्र जोगाउन उठ्न अपिल गरे ।
चुनाबको नाममा देशमा अस्थिरता खडा गरेको भन्दै नेता के. सी. ले देशमा बिरामीले औषधी नपाउने , बालबालिकाले पुस्तक नपाउने अवस्था श्रृजना भएको भन्दै बरु त्यो खर्च तेता लगाए केही राहत हुने उल्लेख गरे ।
देशमा बाह्य शक्तिको चलखेल बढी भएकोले अब गणतन्त्र पनि खतरामा रहेको उल्लेख गर्दै के. सि. ले अब सबै एकजुट भएर लागि पर्नु पर्ने बताए । जनताले सधै एक्यबद्द भएर देशमा ठुला ठुला परिबर्तन भएकोले जनतानै सबै भन्दा शक्तिशाली रहेको कुरामा दुबिधामा नपर्न अनुरोध गरे ।
यस्तै केन्द्रिय सदस्य मनोज भट्टले शेर बहादुर देउवा पनि ज्योतिषिको भ्रममा परेर प्रधानमन्त्री को लोभ त्याग्न नसकेको आरोप लगाए । उनले पहिलेका दिन मा पनि प्रधानमन्त्री पदको लागि शेर बहादुर देउवाले जस्ता पनि निकृष्ट काम गर्ने गरेको उदाहरण दिदै अब देउवा र नेपाली काङ्ग्रेस पनि समयमै सच्चिएर संयुक्त आन्दोलनमा आउनु पर्नेमा जोड दिए । के. पि. ओली अब नाङ्गिसकेको भन्दै भट्टले अब नाङ्गो नाच धेरै दिन नटिक्ने उल्लेख गरे । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दघिराम आचार्यको अध्यक्षतामा संम्पन्न कार्यक्रममा
रक्तिम सांस्कृतिक परिवारका कलाकारको प्रस्तुती समेत रहेको थियो । कार्यक्रममा ओली र प्रचण्ड –माधव पक्षका असन्तुष्ट पक्षका नेता तथा कार्यक्रताहरुको व्यापक उपस्थिति रहेको थियो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया