

अमेरिकाले म्यानमारमा ‘कू’ गर्ने सैनिक नेताविरुद्ध प्रतिबन्ध लगायो

एजेन्सी
अमेरिकाले म्यानमारमा ‘सैन्य कू’ गर्ने सैनिक नेताहरुविरुद्ध प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने सैनिक नेताहरुमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार–व्यवसायप्रति लक्षित हुने बीबीसीले बताएको छ । अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने कदम पनि चालिने बुझिएको छ । बाइडेनले भने,‘हामी थप प्रतिबन्ध लगाउन पनि तयार रहनेछौं र यो प्रयासमा अरू मुलुकलाई जोड्न अन्तर्राष्ट्रिय साझेदारसँग निरन्तर काम गर्नेछौं ।’
कूविरुद्ध प्रदर्शनका क्रममा मंगलबार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्अस्थित एउटा अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बेला अमेरिकाले पछिल्लो कदम चालेको हो ।
मंगलबार प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरेका थिए । म्यानमारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन् ।
बाइडेनले नेतृ आङ सान सुकीसहित अन्य नेताहरूलाई तत्काल रिहा गर्न र सत्ता हस्तान्तरण गर्न पनि म्यानमारको सेनालाई भनेका छन् । म्यानमारको सेनाले गत फेब्रुअरी १ मा नागरिक सरकार अपदस्त गरेर सत्ता हत्याएको थियो । गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै सेनाले उक्त चुनावबाट निर्वाचित भएका सांसदहरूको पहिलो बैठक बस्न लागेको दिन नै सत्ता कब्जा गरेको हो ।

नेत्री आङ सान सुचीको जननिर्वाचित सरकारलाई सत्ताबाट च्युत गर्दै सेनाले एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको छ । तर ठूला जमघटहरू गर्न नपाइने नियम तथा रात्रिकालीन कर्फ्युको अवज्ञा गर्दै मानिसहरूले सेनाको विरोधमा प्रदर्शन गर्न छोडेका छैनन् ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया