साना तथा मझौला उद्योगको विकासले देशको आर्थिक विकास हुन्छ : अध्यक्ष गोल्छा

कपिलवस्तु

कपिलवस्तु जिल्ला औद्योगीक सम्भावना बोकेको जिल्लाको रुपमा रहेको नेपाल उद्योग बाणिज्य महासँघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । कपिलवस्तु उद्योग बाणिज्य संघको १४ औँ वार्षिक साधारणसभा कार्यक्रमलाई उद्धघाटन गर्दै अध्यक्ष गोल्छाले अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थलको निर्माण तथा लुम्बिनी प्रदेशका मुख्य मुख्य क्षेत्रहरुले जोडिएको कपिलवस्तु जिल्ला औधोगिक जिल्लाको रुपमा विकास हुने जिल्लाको रुपमा अगाडी बढेको बताएका हुन ।

कपिलवस्तुको आर्थिक विकास सँगै औधोगिक र व्यापारीक हिसावले महत्वपुर्ण स्थानको रुपमा रहने उनले बताए । जिल्लाको औधोगिक विकासका लागि कपिलवस्तु उद्योग बाणिज्य सँघले पहिचान सहितको कार्यक्रम तथा निति निर्माण गरेर ल्याए आफुले केन्द्रबाट सघाउ पु¥याउने समेत बताए । उनले साना तथा मझौला उद्योग, व्यापारको विकास भएमात्र देशको आर्थिक समृद्धि हुने पनि स्पष्ट पारेका छन् । राष्ट्रिय पुजीको विकासले मात्र अर्थतन्त्रको विकास बलियो हुने बताउदै उनले स्वदेशी उत्पादन प्रवद्र्धनमा जोड दिनुपर्ने जनाए । उनले कोभिड १९ का कारण निजी क्षेत्रले करिव ३ खर्वको घाटा व्यहोर्नुपरेको भन्दै राहतका लागि सरकारसंग पहल गरिरहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंन्थीले लुम्विनी प्रदेश पर्यटन, उद्योग,कृषि व्यापार बाट आर्थिक संमृद्धि गर्न सकिने प्रदेशको रुपमा रहेको बताएका छन् । कपिलवस्तु जिल्ला उद्योगधन्दा र व्यापारिक स्थलको रुपमा विकास गर्न सकिने सम्भावनाको क्षेत्र रहेको उनले बताए । उनले औद्योगीक क्षेत्रमा लगानी गर्न व्यावसायीलाई अनुरोध पनि गरेका छन् । उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले व्यवसायीलाई टेवा पुग्ने विभिन्न रचनात्मक कार्यहरु सहित संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाई लगाएतले आफ्नो धारणा राखेका थिए । यसैबिच कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनका लागि घोषित दुई प्यानलका उमेद्धारका बिचमा सहमतिको प्रयास गरीएको बताइएको छ । नेपाली कांग्रेस र नेकपाका दुई छुट्टाछुट्टै प्यानलको गत मंगलबार घोषणा भएको थियो ।

आज र भोलीका लागि तय भएको संघको साधारण सभा सँगैको अधिवेशनका लागि साधारणसभा सकिए सँगै अधिवेशनका लागि कसरत भईरहेको बताइएको छ । साधारण सभाको समाप्ति सँगै अधिवेशनका लागि बन्द सत्र सुरु भएको छ । यद्यपी संघको पदाधिकारी चयनमा सहमतिका लागि पहल भइरहेको संघका प्रेस सल्लाहकार हरि अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

खबर सबै