जसपा कपिलवस्तुले शुक्रबार तौलिहवामा विरोध प्रर्दशन गर्ने

कपिलवस्तु ।

जनता समाजावदी पार्टी नेपालले भोली (शुक्रबार) कपिलवस्तुको तौलिहवामा विरोध प्रर्दशन गर्ने भएको छ । वर्तमान सरकारको असंवैधानिक कदमका विरुद्ध भन्दै जसपा कपिलवस्तुले विरोधको कार्यक्रमको आयोजना गरेको हो ।

नेपालमा आठ दशक लामो कडा संघर्ष बाट प्राप्त नेपालको संबिधान २०७२ को मुल मर्म र भावना बिपरित असंवैधानिक तथा अलोकतान्त्रिक ढङ्गले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति बिद्यादेवी भण्डारी गुट द्रारा षड्यन्त्र पुर्बक संघिय संसद माथि प्रहार गरि गंभिर घाइते बनाएकोले त्यसको उपचार गरि स्वास्थ र सुचारू गर्नको सो विरोध कार्यक्रको आयोजना गरिएको जसपा केन्द्रिय सदस्य नारायाण खनालले बताउनुभएको छ ।

केन्द्रिय सदस्य खनालले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत सो विरोध कार्यक्रमबा बारेमा संघिय संसद मार्फत ओलि बिद्या गुट लाई बिदाइ गरि देशमा सुशासन, विकाश र आर्थिक सम्बृद्धिको युगिन कार्यभार पुरा गर्नखोजिएको उल्लेख गर्नुभएको छ ।

ब्याक्तिगत स्बार्थ र शत्ता तृष्णा पूरा गर्नका निम्ति ओलि– बिद्या गुटले बिगत तीन बर्ष यता देशमा भष्टाचार र अपराध लाई संरक्षण गरि त्यस लाई राज्यको धर्म बनाउदै त्यसको संस्थागत बिकास र बिस्तार गरेका कारण कुशासनको बिस्तार गरेकोले त्यसका बिरुद्ध जनमत श्रृर्जना गर्न र त्यस लाई भौतिक शक्तिमा बदल्न विरोधको आवस्यकता पनि औल्याउनुभएको छ ।

जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुले आयोजना गर्ने सो विरोध कार्यक्रम जिल्ला सदरमुकाम तौलिहवामा बिहान ११ बजे सुरु हुने जसपा कपिलवस्तुले जनाएको छ ।

 

प्रतिक्रिया

खबर सबै