
प्रचण्डलाई ओलीको चेतावनी : हप्कीदप्की होइन, कानुनको पालना गर्न सिक्नुस् !

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कानुनको पालना गर्न चेतावनी दिएका छन् । बिहीबार आफूपक्षीय किसान भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यतिबेला प्रचण्ड–माधव नेपालहरु हप्किदप्कीमा लागेको भन्दै त्यसो गर्न छोडेर कानुनको पालना गर्नतिर लाग्न चेतावनी दिए ।
‘उहाँहरु आक्रामक ढंगले आउनुहुन्छ, नियम मान्दिनँ भन्नहुन्छ । प्रजिअ, एसपी डिएसीलाई हप्किदप्की गर्नुहुन्छ । कानुनको पालना गर्नुस् हप्किदप्की होइन’, प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डलाई म सम्झाउछु ती दिन गए, जतिबेला हप्कीदप्की गर्नुहुन्थ्यो । लोकतन्त्र भनेको कानुनको पलाना गर्ने हो, बलमिच्चयाइको राज होइन । ती दिन गए जतिबेला तपाईं संविधान मान्दिनँ कानुन मान्दिनँ भनेर उपद्रव मच्चाएर हिँड्नुभएको थियो ।’
ओलीले प्रचण्ड माधव नेपालहरुलाई देश अगाडि बढ्ला कि भनेर चिन्ता लागेको बताए । ‘उहाँहरुले यो बन्द गर्नु नै हुन्थ्यो आज । गर्ने कोसिस गर्नुहुन्थ्यो बन्द त खासै भएन । जनतालाई अलिअलि दुख त दिनुभयो’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले केहिी गरिवको तरकारी फ्याकेर महान आन्दोलन सफल पार्न लागेको भन्दै ‘एउटी आमाले डोकोमा बोकेर ल्याएको तरकारी सडकमा फ्याकिदिनुभयो । आफु गाडि र बाइक चढेर रमिता हेरेको’ बताए ।
ओलीले प्रचण्ड नेपालका कार्यकर्ता सिध्दिएपछि आफै सडकमा आएको टिप्पणी समेत गरे ।
‘कार्यकर्ता सिध्दिएछन् । सवै यता छन् अनि के हुनु ? हामी यहाँ छौँ भनेर सात दोवाटोमा आफै उत्रिनुभएछ’ओलीको भनाइ छ ।
सम्बोधनका क्रममा ओलीले प्रचण्ड–माधव नेपाल पक्ष कम्युनिस्टको बर्का ओढेर कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पार्न लागि परेको आरोप पनि लगाए ।
‘आज कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठुलो विरोधी भनेको कम्युनिस्टकै बर्को ओढेर बाटामा बस्नेहरु छन्’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले विगतमा पनि उनीहरुले दुःख दिएको बताए । ‘विगमतमा पनि कम्युनिस्ट आन्दोलन उनीहरुले बद्नाम गराए, कमजोर गराए । निर्मम निर्दयी र मानवता नभएको जस्तो प्रभाव दिनेगरी उपद्रव मच्चाए’, ओलीको भनाइ छ । उनले भूमिहीन किसानको समस्या समाधान गर्न आयोग गठन गर्दा माधव नेपालले मुद्दा हालेर किसानविरोधी काम गरेको आरोप लगाए । उनले कृषि क्षेत्रका समस्या समाधान गर्ने नेता को हो ? भनेर प्रश्न गर्दै सहभागीहरुलाई सोधेका थिए ।
जवाफमा ‘माधव नेपाल’ भन्ने जवाफ आएको थियो । पछिल्लो समय मन्त्री पद्मा अर्याललाई समेत नेता नेपालले हप्काउन खोजेको र खाली आफ्नै मान्छे राख्न प्रयास गरेपनि पछिल्लो पटक भत्काउन नसकेको बताए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया