
नेकपा प्रचण्ड–माधव पक्षको आमहड्ताल ५ बजेपछि अन्त्य हुने

काठमाडौ
नेकपा प्रचण्ड–माधव पक्षले आह्वान गरेको आमहड्ताल ५ बजेपछि अन्त्य हुने भएको छ । संघर्ष समितिका सदस्य समेत रहेका सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको फेसबुकमार्फत बिहीबार ५ बजेपछि आमहड्ताल अन्त्य हुने बताएका हुन् ।
त्यसक्रममा उनले कलंकीबाट नेताहरु अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, विजय पौडेल, अमृता थापा लगायत पक्राउ परेको जानकारी दिए । त्यसैगरी चावहिलबाट कृष्ण केसी, बागबजारबाट विद्यार्थी नेता रमेश मल्ललाई प्रहरीले पक्राउ गरेको बताए। काठमाडौमा पक्राउ परेका नेता कार्यकर्तालाई महाराजगञ्जमा राखिएको छ ।
नेता रिजालका अनुसार मोरङमा १६ जना नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरमा रामचन्द्र झा, मातृका यादवलगायतका १० जना नेता कार्यकर्ताहरु घाइते र १२ जना गिरफ्तार भएको नेकपाले जनाएको छ । त्यसैगरी बीरगञ्जबाट ३५, विराटनगर ७ जना र धरानबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आजको आमहड्ताल समग्रमा सफल भएको पनि प्रचण्ड–नेपाल समूहले दावी गरेको छ । प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा सो समूहले आज आमहड्ताल घोषणा गरेको हो।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया