
नेकपा प्रचण्ड-नेपाल समूहका सर्लाही इञ्चार्जको माेटरसाइकल दुर्घटनामा ज्यान गयो

सर्लाही
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएकाे छ ।
बरहथबामा भएको नेकपाको मसाल जुलुस सकेर नयाँरोडतर्फ जाँदै गर्दा नयाँरोड–बरहथवा सडकखण्डको सोल्टिमोड नजिक भएको माेटरसाइकल दुर्घटनामा वाग्लेको ज्यान गएकाे सर्लाही प्रहरीले जानकारी दिएको छ ।
बुधबार राति ९ बजेतिर सडकमा लडिरहेको शव र ज १० प ३२०६ नम्बरको मोटरसाइकल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हरिपुर नगरपालिका-१ हजारबिघा घर भएका ५१ वर्षका वाग्लेलाई उपचारको लागि बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । उनको आँखाको छेउमा सामान्य निलडाम जस्तो देखिए पनि शरीरको अन्य भागमा कुनै चोट नलागेको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया