

‘आयोगले ओलीलाई अध्यक्षको मान्यता दिन खोजेको देखियो’ : प्रचण्ड–माधव पक्ष



काठमाडौं
नेकपा प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगले पार्टी विवादमा केपी शर्मा ओलीलाई नै अध्यक्षको मान्यता दिन खोजेको दावी गरेको छ । गत माघ १२ गते आयोगले पठाएको पत्रको जवाफसहितको आधिकारिकताको दावी गर्दै मंगलबार आयोगलाई बुझाएको पत्रमा ओलीलाई हटाएर माधव कुमार नेपाललाई अध्यक्ष निर्वाचित गर्ने पार्टीको निर्णयलाई मान्यता नदिइ घुमाउरो पाराले अस्वीकार गर्दै ओलीलाई नै अध्यक्षको मान्यता दिन खोजेको देखिएको जनाएको छ ।
‘जसबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक मामिलामा हस्तक्षेप गरेको हुन पुगेको छ’, प्रचण्ड माधव पक्षले भनेको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैधानिकता यसको विधानबाट निश्रृत हुन्छ ।’
विधानलाई आयोगले इन्कार गर्न नसक्ने भन्दै विधान वमोजिम ४४१ जना केन्द्रीय सदस्यमध्ये २८४ जना उपस्थित रहेको पुस सातको बैठकबाट अनुशासनहिन काम गर्ने अध्यक्ष ओलीलाई हटाएको र त्यसको निर्णयपुस्तिकामा आयोगमा पेश गरिसकेको प्रचण्ड माधव पक्षले जनाएको छ ।
त्यस्तै विधानको १८ क देखि घ सम्मको धाराले पार्टीमा २ अध्यक्ष, एक बरिष्ठ नेता, एक महासचिव र एक प्रवक्ताको व्यवस्था गरेपनि दुई अध्यक्षको तलमाथि बरियता घोषित नगरी समान हैसियत तोकिएको उल्लेख छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया