

कोरोना सँगसँगै ओली भाइरससँग लड्नु छ : बाबुराम भट्टराई



काठमाडाैं
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना सँगसँगै ओली भाइरससँग लड्नु पर्ने बताउनुभएकाे छ ।
आज (बिहीबार) सामाजिक सञ्जालमा ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले भन्नुभएकाे छ- ‘कोरोना सँगसँगै ओली भाइरससँग लड्नु छ ।’ प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि जसपा विरोधमा उत्रिएको छ ।
भट्टराईले कोरोनाविरूद्धको खोप सरकारले अन्यत्रबाट मागेर ल्याएकोबारे टिप्पणी पनि गर्नुभएकाे छ । डेढ प्रतिशत जनतालाई पुग्ने खोप सरकारले भारतबाट सहयोग लिएको प्रसंग उल्लेख गर्दै भट्टराईले बाँकी जनतालाई कहिले खोप दिने भन्ने पनि प्रश्न गर्नुभएकाे छ ।
भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । हिजाे (बुधबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिनुभएकाे थियाे ।
यही प्रसंगमा भट्टराईले बिहीबार बिहान ट्वीट गर्दै भन्नुभएकाे छ- ‘मागेको धोतीले मेरो लाज छोपिन्न..’भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो! अहिले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ। त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे। बाॅकीलाई कहिलेसम्म होला? कता हात थाप्ने होला? फेरि कोरोना संगसंगै ओली भाइरससंग लड्नु छ !’



खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया