एजेन्सी


जे गर्नका लागि आएकाे थिएँ, त्यो भन्दा धेरै गरेँ : ट्रम्प




अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अन्तिम अर्थात बिदाई सम्बोधनमा आफूले वाचा अनुसार वा त्यो भन्दा बढि काम गरेको बताएका छन् ।
ट्रम्प चार वर्षे कार्यकाल पूरा गरी आज ह्वाइटहाउसबाट विदा हुँदैछन् । अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडनले आजै सपथ ग्रहण गर्दैछन् । यसैक्रममा उनले आफ्नो बिदाई भाषण गर्दै आफूले वाचा अनुसार वा त्यो भन्दा बढि काम गरेको दाबी गरे ।
ट्रम्पले नयाँ प्रशासन अमेरिकालाई सुरक्षित र सम्पन्न बनाउन सफल होस् भन्ने कामनासमेत गरेका छन् । उनले भनेका छन्, ‘हामी सधैं संसारको निम्ति आशा र गौरवको भूमि हौं र हुनुपर्छ ।’ उनले आफू जे गर्न आएको थिएँ, त्यो गरेको पनि बताए ।
सम्बोधनमा ट्रम्पले आफूपछि सत्ता सम्हाल्न आउँदै गरेको जो बाइडेनको नाम लिएका छैनन् । ट्रम्पले गएको नोभेम्बर ३ मा भएको चुनावको नतिजा अझै पनि पूर्णरुपमा स्वीकार गरेका छैनन् ।
राष्ट्रपति ट्रम्पले विश्वको इतिहासमा आफ्नो कार्यकालमा अमेरिकाको उत्कृष्ट अर्थव्यवस्था बनाएको दाबी गर्दै ट्रम्पले आफूले कैयौं सुधारका काम गरेको बताए । उनले भनेका छन्, ‘हाम्रा एजेण्डाहरु वामपन्थ वा दक्षिण पन्थ, रिपब्लिकन वा डेमोक्र्याटका लागि थिएनन्, देशको हितका लागि थिए । पूरै देशका लागि ।’
हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित ट्रम्पले छोटो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै थोरै मेलमिलापको आशय झल्कने बयान दिएका छन्। ‘अमेरिका कातर आत्माहरूको कातर राष्ट्र होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ,’ उनले भने ‘हामी सदा सबै संसारका निम्ति आशा, प्रकाश तथा गौरवको भूमि हौँ र रहनुपर्छ।’
चार वर्षअघि सन् २०१७ जनवरी २० मा ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको रूपमा सपथ लिएका थिए।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया