

नेपाली काग्रेसद्वारा संसद बिघटनमा सत्ताबाद बिरोध प्रदर्शन




राधा पाण्डे, कपिलबस्तु माघ ३
नेपाली काग्रेसद्वारा संसद बिघटन सत्ताबाद बिरूद्धमा बिरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अत्तहर कमाल मुसलमानले प्रधामन्त्री केपी शर्मा ओलीमाथि आक्रोस ब्यक्त गरेका छन् ।
देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन कार्यक्रम अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कमाल ओलीमाथि आक्रोसित भएका हुन् । गत पुष ५ गते संसद विघटन गरेका प्रधानमन्त्री ओलीले दिनप्रतिदिन गलत गरिहरहेको भन्दै पछिल्लो समय किर्ते र जालसाजीतर्फ लागेको आरोप लगाएका छन् ।

संविधानको कुनै धारा उल्लेख नगरी संसद विघटनको प्रस्ताव राष्ट्रपतिकहाँ लगेको, अदालतमा प्रवेश गरेको कागजलाई किर्ते गरी फिर्ता गर्नेसम्मका काम ओलीबाटै भएकोले उनलाई प्रधानमन्त्री भन्न समेत लाज लाग्न थालेको बताए ।
वैशाखको निर्वाचन कुनै पनि हालतमा नहुने बताउँदै यस्ता भ्रमको पछि नलाग्न समेत आग्रह गरे । हरेक संकटबाट काँग्रेसले मुलुकलाई बचाएको भन्दै अब पनि मुलुक जोगाउने अभिभारा काँग्रेसकै भएको केन्द्रिय सदस्य कमालले बताए । केपी ओली सरकार भ्रष्टाचार र काण्डैकाण्डमा फसेकोले असफल सिद्ध भएपछि चुनावको नौटंकी गरेको बताएका छन् ।
यस्तै काँग्रेस बाणगंगा नगर कार्यसमिति सभापति एवं नगरप्रमुख मंगलप्रसाद थारू, वडा नम्बर १ की वडा अध्यक्ष बाल कुमारी पन्त अधिकारी, तरूण दलका जिल्ला अध्यक्ष शक्तिसिंह ठकुरी लगायतले बोल्दै ओली कदम र राष्ट्रपतिको भूमिकाको आलोचना गरेका थिए । उक्त कार्यक्रमको संचालन नगरसचिव रामजी सेनले गरेका थिए ।
नेपाली कांग्रेस कपिलवस्तुले बाणगंगा नगरपालिका सहित अन्य पालिकाहरूमा समेत बिरोध प्रदर्शन गरेको छ । जस मध्ये बाणगंगा नगरपालिका , शुद्धोधन गाउँपालिकाको लबनी र मायाँदेबी गाउँपालिकाको चाकड चौडामा अतहर कमाल मुसलमानले कार्यक्रमको संबोधन गरेका थिए । पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको काँग्रेसले आज मुलुकभरका ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको हो ।
अब माघ ८ गते ७ सय ५३ पालिकाह?का ६ हजार ७ सय ४३ वडाह?मा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने काँग्रेशले निर्णय गरिसकेको छ ।
यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया