
नेपाली काग्रेसद्वारा संसद बिघटनमा सत्ताबाद बिरोध प्रदर्शन


राधा पाण्डे, कपिलबस्तु माघ ३
नेपाली काग्रेसद्वारा संसद बिघटन सत्ताबाद बिरूद्धमा बिरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अत्तहर कमाल मुसलमानले प्रधामन्त्री केपी शर्मा ओलीमाथि आक्रोस ब्यक्त गरेका छन् ।
देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन कार्यक्रम अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कमाल ओलीमाथि आक्रोसित भएका हुन् । गत पुष ५ गते संसद विघटन गरेका प्रधानमन्त्री ओलीले दिनप्रतिदिन गलत गरिहरहेको भन्दै पछिल्लो समय किर्ते र जालसाजीतर्फ लागेको आरोप लगाएका छन् ।

संविधानको कुनै धारा उल्लेख नगरी संसद विघटनको प्रस्ताव राष्ट्रपतिकहाँ लगेको, अदालतमा प्रवेश गरेको कागजलाई किर्ते गरी फिर्ता गर्नेसम्मका काम ओलीबाटै भएकोले उनलाई प्रधानमन्त्री भन्न समेत लाज लाग्न थालेको बताए ।
वैशाखको निर्वाचन कुनै पनि हालतमा नहुने बताउँदै यस्ता भ्रमको पछि नलाग्न समेत आग्रह गरे । हरेक संकटबाट काँग्रेसले मुलुकलाई बचाएको भन्दै अब पनि मुलुक जोगाउने अभिभारा काँग्रेसकै भएको केन्द्रिय सदस्य कमालले बताए । केपी ओली सरकार भ्रष्टाचार र काण्डैकाण्डमा फसेकोले असफल सिद्ध भएपछि चुनावको नौटंकी गरेको बताएका छन् ।
यस्तै काँग्रेस बाणगंगा नगर कार्यसमिति सभापति एवं नगरप्रमुख मंगलप्रसाद थारू, वडा नम्बर १ की वडा अध्यक्ष बाल कुमारी पन्त अधिकारी, तरूण दलका जिल्ला अध्यक्ष शक्तिसिंह ठकुरी लगायतले बोल्दै ओली कदम र राष्ट्रपतिको भूमिकाको आलोचना गरेका थिए । उक्त कार्यक्रमको संचालन नगरसचिव रामजी सेनले गरेका थिए ।
नेपाली कांग्रेस कपिलवस्तुले बाणगंगा नगरपालिका सहित अन्य पालिकाहरूमा समेत बिरोध प्रदर्शन गरेको छ । जस मध्ये बाणगंगा नगरपालिका , शुद्धोधन गाउँपालिकाको लबनी र मायाँदेबी गाउँपालिकाको चाकड चौडामा अतहर कमाल मुसलमानले कार्यक्रमको संबोधन गरेका थिए । पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको काँग्रेसले आज मुलुकभरका ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको हो ।
अब माघ ८ गते ७ सय ५३ पालिकाह?का ६ हजार ७ सय ४३ वडाह?मा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने काँग्रेशले निर्णय गरिसकेको छ ।
यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया