
कपिलवस्तुमा शिक्षकमा कोरोना देखिएपछि समुदाय नै त्रसित

कपिलवस्तुको शिवराज नगरपालिका एक शिक्षकमा कोरोना देखिएपछि विद्यार्थी भए त्रसित भएका छन् । कुनै समय थियो,नगरका एक नागरिकमा कोरोना देखिएपछि नगर नै शिल गरिन्थ्यो । नागरिकहरु पनि मास्क सेनेटाइजरले सुुरक्षा सर्तकता अपाउने गर्थे । लामो समय सम्म बन्द रहेका विद्यालयहरु अहिले खुलेका छन्। विद्यालय खुलेपनि सुरक्षा सर्तकता अपाउनेहरु भने कमि छन् ।अधिकांश विद्यालयमा अध्यानरत विद्यार्थीहरु तथा शिक्षकहरु मास्क बिनै विद्यालयमा आउने जाने गर्दछन् ।
शिवराज नगरपालिका भित्र अहिले १४ जना संक्रिय संक्रमित छन् । त्यस मध्ये राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटामा मात्र अध्यापन गराउने ७ जना शिक्षक र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । सुरुमा ३ जनामा देखिएको कोरोना दोस्रो चरणमा जाँच गर्दा ४ जनामा कोरोना देखिएको हो । शिक्षकहरुमा कुनै लक्षण नभएपनि कट्याक्ट ट्रेसिङ भन्दै अन्य शिक्षकको परिक्षण गर्दा कोरोनाको अवस्था भयाभव देखिएको छ ।
पहिलो चरणमा जाँच गर्दा कोरोना देखिएपछि राष्ट्रिय मावि बन्द गरियो । पछिल्लो समय सोहि विद्यालयमा पढाउने एक शिक्षिकामा समेत कोरोना देखिएको र शिक्षिकाका श्रीमानले समेत सोहि विद्यालय पढाउने भएकोले उनी पनि जोखिममा रहेका छन् । संक्रमित शिक्षकहरुलाई होम आइसोलेसनमा छन् । यता नेपाल आर्दश बहुमुखि क्यापसका एक जना प्राध्यापकमा समेत कोरोना देखिएपछि क्याम्पस प्रशासनले सोमबार एक सुचना जारी गर्दै क्याम्पस बन्द भएको जानकारी गराएको छ । क्याम्पसमा पढाउने प्राध्यापकहरुले विद्यालयममा पनि पढाउने भएकोले विद्यालयका विद्यार्थीहरु झनै जोखिममा रहेका छन् । क्याम्पसमा पढाउने शिक्षकले शिवराज नगरपालिका ९ सुन्दरीडाँडाको प्रकाश माविमा समेत अध्यापन गराउने भएकोले नगरका अन्य विद्यालयहरु असुरक्षित रहेका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया