

विभिन्न विद्यालयकालागि बजेट प्रदान, शिक्षक दरबन्दी मिलान कार्यबिधि स्विकृत गदैँ सकियो बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक




कपिलवस्तु , पुष २७
कपिलवस्तुको बाणगंगा नगरपालिकाले नगरपाभिका विद्यालयमा शिक्षक दरबन्दि मिलान कार्यविधि स्विकृत गरेको छ । नगरपालिका भित्रका विद्यालयहरुमा शिक्षक विद्यार्थी अनुपात मिलाउने गरी दरबन्दी मिलानको पक्रिया अगाडि बढाउन सो कार्यविधि स्विकृत गरेको हो ।
आज बसको नगर कार्यपालिका बैठकले ६० बर्ष भन्दा माथिका महिला स्वास्थ्य स्वयम् सेविकालाई बिदाई गर्ने भएको छ । बाणगंगा नगरपालिका भित्रका २१ जनालाई महिला स्वास्थ्य स्वयम् सेबिकालाई १ लाख १ हजार दिएर बिदाई गर्ने आज बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको छ । लामो समय नगरपालिकाको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सो रकम दिएर बिदाई गर्ने निर्णय भएको बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु प्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै बैठकले जनता मावि पिपराको नमुना बिद्यालयको गुरु योजना, मायादेवि रगंशालाको डिपिआर ,र वडा नः ६,७ ,९ १० मा बाल मैत्री लगानी योजना स्वकीकृत गरेको नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बताए । त्यस्तै बाणगंगामा रहेका बिद्यालयको भौतिक पुर्वाधार निमार्ण, बिज्ञान प्रयोश शाला, शौचालय र पुस्ताकालय निमार्णका लागी १ करोड २५ लाख रुपैया बाडभाड गरेको छ । जसमध्ये चार कोठे भवन निमार्णका लागी २ वटा बिद्यालयलाई ३६ लाखका दरले सिदार्थ माबि बुङची र जन सेवा आधारभूत उदयपुर मोर्मिलाई छुट्टाइएको हो ।
शौचालय निमार्णका लागी ७ लाखका दरले सिदार्थ निमावि गजेहडा, बरकटीया प्रावि बालापुर ,राम निमावि पडेरीयालाई बजेट परेको छ । त्यस्तै बिज्ञान प्रयोश शाला स्थापनाका लागी बाणगंगा मावि लौगाई, लक्ष्मणघाट मावि लक्ष्मणघाट र माध्यमिक बिद्यालय झण्डालाई ६ लाख ५० हजार बजेट परेको छ भने पुस्ताकालय ब्यवस्थापन अनुदान बापत ६ लाख ५० रुपैया मनकामना सस्कृत बिद्यापिठ नन्दनगर,आईसिटि प्रयोश शाला अनुदान बापत ६ लाख ५० हजार कामता मावि करेलियालाई बजेट परेको नगरपालिकाका मेयर मगंल प्रसाद थारुले बताए ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया