

कपिलवस्तुका थारु समुदायमा माघी पर्वको रौनक, पक्वान्न र परिकारको जोहो गर्न थारु समुदाय व्यस्त



राजेन्द्र खनाल, पुष २७ कपिलवस्तु
थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, घर लिपपोत तथा घरआँगन सरसफाईलगायतका कार्यहरू धमाधम भइरहेको कपिलवस्तुको वाणगंगा नगरपालिकाका थारु अगुवाहरुले बताएका छन् ।
माघि पर्वका अवसरमा हरेक वर्ष आयोजना हुने माघी मेलाको समेत तयारी भईरहेको थारु कल्याणकारीणि सभा वाणगंगाका नगर सभापति भग्गु प्रसाद थारुले बताउनुभयो ।
विशेषरी समुदायमा पुरुषहरू माघीका लागि मासुको जोहो गर्न व्यस्त छन भने महिलाहरूलाई घर लिपपोत गर्न, दुना टपरी बनाउनका साथै ढिक्री, रोटीलगायत तयार गर्न भ्याइनभ्याइ छ । तर यस वर्ष थारु जातीको मुख्य परिकार मानिने घोँगी संकलनमा लागेता पनि नपाईएको बताएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १० का थारु समुदायले यस वर्ष घोँगीको खोजी धेरै गरे पनि गत वर्ष जस्तो नपाइएको गुनासो गरेका छन् । उनीहरु घोँगीको खोजी गर्न लुम्बिनी सम्म पुग्ने गर्दछन् । टाढाटाढा सम्म पुगेर समेत परिकार जम्मा गर्न यतिवेला थारु समुदायलाई भ्याई नभ्याई छ ।
यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकोले आफ्ना परिवारका लागि नयाँ–नयाँ लुगाकपडा किन्ने तथा रोजगारीका लागि बाहिरिएकाहरू पर्व मनाउनका लागि घर समेत फर्किन थालेका छन् ।,
माघीमा पाहुना धेरै जम्मा हुने भएकाले उनीहरूको स्वागतका लागि थरीथरीका स्थानीय खानाका पकवान्न पकाउन थारु समुदाय व्यस्त देखिन्छन् । पुस अन्तिम दिनबाट शुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवा कुकुरु थारुले बताउनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया