यसअघि पुस ६ मा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी संख्या १ हजार १ सय ९९ पुर्याएका थिए ।
ओलीले प्रथम अध्यक्षको अधिकार प्रयोग गर्दै केन्द्रीय कमिटीमा मनोनयन गरेको अपानिमा उल्लेख गरिएको छ ।
पार्टी विभाजनलाई प्रोत्साहन गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी अधिकार खोसिएसँगै अब सम्पूर्ण अधिकार ओलीमा रहेको पनि अपानिमा उल्लेख छ । केन्द्रमा जस्तै मातहतका कमिटीको संख्या पनि बिस्तार गर्न निर्देशन दिइएको छ । तर, कसैलाई नहटाउने नीति लिन पनि निर्देशन छ । ‘तत्काल कसैलाई कमिटीबाट नहटाउने तर आवश्यकता अनुसार कमिटीमा बढीमा प्रतिशतसम्म सदस्य मनोनयनको गृहकार्य गर्ने’, अपानिमा छ ।











प्रतिक्रिया