

कांग्रेसद्धारा देशभर विरोध : प्रधानमन्त्री ओलीले आफूलाई निरंकुश सावित गरेको नेताहरुको ठहर



राजेन्द्र खनाल
पुष २५ कपिलवस्तु ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले आज देशका ३ सय ३० वटा प्रदेशसभा क्षेत्रमा प्रदर्शन र आमसभा गरेको छ ।
दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत कांग्रेसले आज ३ सय ३० वटा निर्वाचन क्षेत्रमा प्रदर्शन र आमसभा गरेको हो । देशका विभिन्न ठाउँमा भएका आमसभालाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी काम गरेको र लोकतन्त्र मास्ने नियत राखेको आरोप लगाएका छन् । नागरिकले वर्षाैं लामो त्याग र बलिदान दिएर बनाएको संविधान मिचेर प्रधानमन्त्री ओलीले आफूलाई निरंकुश तानाशाह बनाएको नेताहरुको आरोप छ ।
यसैबिच यता कपिलवस्तुको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ क मा नेपाली कांग्रेसले पचेहरामा संसद विघटन विरुद्ध विरोध तथा प्रर्दशन सहित आमसभा सम्पन्न गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य अत्तर कमाल मुसलमानले केपी ओलीले संविधानलाई कुल्चीएर ल्याएको भन्दै ओलीका कारण देशलाई ठुलो दुर्घटना तर्फ धकेल्न खोजेको आरोप लगाउनुभयो ।
उहाँले भ्रटाचारमा लिप्त रहेको ओली सरकारले आम जनताको आखाँमा छारो हाल्ने काम गरेको पनि बताउनुभयो । खोक्रो राष्ट्रवादको पछि नलाग्नका लागि उहाँले आम जनतामा आग्रह पनि गर्नुभयो । लोकतन्त्र समाजवादको वचाउनका लागि नेपाली कांग्रेसले सदैव जस्ता सुकै संर्घस गर्न तयार रहेको पनि नेता मुसलमानको दावी रहेको छ ।
यस्तै कार्यक्रममा भारतका लागि पुर्व नेपाली राजदुत दिपकुमार उपाध्यायले संसद विघटन विरुद्धको कदमलाई सच्चाउनका लागि नेपाली कांग्रेस सडकमा उक्रिएको बताउनुभयो । यो कमद नसच्चाए सम्म कांग्रेसले सडकबाटै विरोध गर्ने उहाँको भनाई रहेको छ । धेरै परिवर्तन सडक बाटै भएको हुदा प्रधानमन्त्री ओलीका कारण निम्तिएको पछिल्लो कदमको पनि सडकबाटै सच्चाउनका लागि दवाब सिर्जना गर्नुपरेको उहाँले बताउनुभयो ।
यस्तै विरोध सभामा कांग्रेस निकट भातृ संस्था,कृर्षि श्रमिक संंघ केन्द्रीय अध्यक्ष विमला गैरेले सरकारको गलत निर्णले जनताको मतलाई अपहेलना गर्ने र प्रधानमन्त्री र राष्ट्रपतिले पदको दुरुपयोग गर्दै आफनो दम्भको कारण देशलाई कंगाल वनाउन तर्फ लागेको आरोप लगाउनु भएको छ ।
यता नेपाल तरुणदल जिल्ला अध्यक्ष शक्ति सिँह ठकुरीले पनि वर्तमान सरकार संस्थागत भ्रटाचार र कार्यकर्ता पालन पोषणमा मात्रै व्यस्त रही सरकारको ढुकुटी सिद्धाउने खेलमा लागेको आरोप लगाउनु भयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गरेका अन्य नेता तथा कार्यक्रताहरुले प्रधानमन्त्ती ओलीले संसद विघटन गरेर संविधान र प्रजातन्त्र विरोधी काम गरेको आरोप लगाएका थिए । निरंकुश बन्ने सपना पलाएको तर नागरिकले ओलीका सपनालाई ध्वस्त बनाइदिने कांग्रेस नेताहरुको ठहर रहेको छ । कांग्रस केन्द्रिय समितिको पछिल्लो बठकको निर्णय अनुसार देशभर विरोध तथा प्रर्दशनमा उत्रिएको नेपाली कांग्रेसले माघ ३ गते र ८ गते पनि देशभरका स्थानिय तह र वडाहरुमा पनि बिरोध सभा र प्रर्दशनको पनि घोषणा गरेको छ ।

यसैबिच उता नेपाली कांग्रेस क्षेत्र न ३ (क) कपिलवस्तुले विरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी ओली सरकारले गरेको संसद विघटनको विरुद्ध काग्रेसको देशव्यापी कार्यक्रम अनुसार महाराजगंज नगरपालीकाको वडा न ६ जिगीना चौराहामा विरोध प्रर्दशन गरेको हो । संसद विघटन असवैधानीक कदम भएको भन्दै कांग्रेसले निर्वाचन क्षेत्र न ३ क मय विरोध प्रर्दशन गरेको क्षेत्रीय सचिव कमल केशिले जानकारी दिनुभयो । प्रर्दशन पछि भएको कोण शभालाई संवोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सचिव प्रेम वहादुर रायमाझीले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रको खील्ली उडाएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले घरमय लागेको आगो नियन्त्रण नगरेर देश भर सल्काएको वताउनुभएको छ । जनताले दिएको मतको अपमान गरेर संसद विघटन जस्तो अलोकतान्त्रीक निर्णय गरेको वताउनुभएको छ ।
संसद विघटनको विरोधमा नेपाली कांग्रेस कपिलवस्तुले आज जिल्लाभरका प्रदेश निर्वाचन क्षेत्रहरुमा प्रर्दशन गरेको हो । कपिलवस्तुमा रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका तीन र त्यस भित्र रहेका प्रदेश सभा निर्वाचन क्षेत्रहरु ६ वटा रहेका छन् । आज कांग्रेसले जिल्लाका छ वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध तथा प्रर्दशन गरेको हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया