

अमेरिकी संसदले गर्यो बाइडेनको जितको सुनिश्चता

एजेन्सी ।
अमेरिकी कंग्रेसले राष्ट्रपतिमा चुनावमा जो बाइडेनको जितको सुनिश्चता गरेको छ । अमेरिकी संसद्को संयुक्त बैठकले राष्ट्रपतिमा जो बाइडेनका साथै उपराष्ट्रपति पदमा कमला ह्यारिसको जितको प्रमाणित गरेको हो ।
संसद्ले प्रमाणित गरेपछि बाइडेनलाई जनवरी २० मा शपथ ग्रहणका लागि बाटो खुलेको छ । संसदमा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकन पार्टीले विरोध जनाए पनि ती दुई तिहाइले पारित भएनन् ।
यसअघि ट्रम्प समर्थकको प्रदर्शनका कारण संसद्को संयुक्त बैठक केही बेर रोकिएको थियो । यस प्रदर्शनका क्रममा अहिलेसम्म चार जनाको ज्यान गएको छ भने १० जनाभन्दा धेरै घाइते भएका छन् ।
जर्जियामा डेमोक्रेटिक उम्मेदवारहरूको जितसँगै अमेरिकी सिनेटमा डेमोक्रेट्स और रिपब्लिकन्सको सङ्ख्या समान भएको छ । सिनेटमा १ सय सदस्य हुन्छन्, अब दुवै पार्टीका सदस्यको सङ्ख्या ५०–५० भएको छ । यसअघि अमेरिकी सिनेटमा रिपब्लिकन्सको बहुमत थियो ।
यसअघि अमेरिकी सिनेटको एक समूहले जबसम्म मतदानमा कथित धाँधली भएको बारेमा जाँच गर्न एक आयोग गठन हुँदैन तबसम्म जो बाइडेनको जित प्रमाणित गर्न नमान्ने बताएका थिए ।
यसअघि अमेरिकाका सबै ५० राज्यका इलेक्टोरल कलेजले जो बाइडेनले ३ सय ६ मत प्राप्त गरेको पुष्टि गरेको थियो । अमेरिकी चुनावमा जितका लागि इलेक्टोरल कलेजको २ सय ७० मत आवश्यक हुन्छ ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया