

वासिङ्टनका हिंसात्मक दृश्यबारे विश्वनेताहरुको चिन्ता

बीबीसी ।
अमेरिकाको राजधानी वासिङटनमा ट्रम्पको समर्थन गर्दै क्यापिटल भवन (संसद् भवन) मा जबरजस्ती प्रवेश गरिरहेको हिंसात्मक दृश्यबारे विश्वभरका नेताहरुले प्रतिक्रिया जनाएका छन् ।
यो घटना प्रजातन्त्रमाथिको सबैभन्दा ठूलो हमला भएको बताउँदै सत्ता हस्तान्तरणको कार्य शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सबैले अपील गरेका हुन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जन्सनले यसलाई अत्यन्तै शर्मनाक घटना भन्दै निन्दा गरेका हुन् ।
स्कटल्यान्डकी प्रथम मन्त्री निकोला स्टरगनले पनि ती दृश्यहरु भयावह भएको प्रतिक्रिया दिएकी छन् ।
स्पेनका प्रधानमन्त्रीले चाहिँ आफू अझै पनि अमेरिकी प्रजातान्त्रिक शक्तिमा विश्वास गर्ने भन्दै ट्वीट गरेका छन् र जो बाइडेनको नयाँ प्रशासनले यस तनावग्रस्त माहोलबाट देशलाई बाहिर निकाल्दै अमेरिकी जनतालाई एकिकृत गर्ने बताएका हुन् ।
जर्मनीका विदेश मन्त्रीले चाहिँ ट्रम्प र उनका समर्थकहरुले चुनावको हार स्वीकार गर्नैपर्ने बताउँदै अमेरिकी मतादाताहरुलाई विश्वास गरि प्रजातन्त्रलाई कुल्चिन नदिन अपील गरेका हुन् ।
युरोपियन काउन्सिलका अध्यक्ष चाल्र्स माइकेलले पनि अमेरिकाले शक्ति हस्तान्तरण शान्तिपूर्ण ढङ्गमा हुने सुनिश्चित गर्न सक्नेमा विश्वास जनाएका हुन् ।
उता युरोपेली युनियनकी प्रमुख उर्सला भोनले चाहिँ डेमोक्रेट र बाइडेनसँग आगामी दिनहरुमा साथ काम गर्ने अपेक्षा जनाएकी छन् ।
नाटोका सचिव जेनेरल जेन्स स्टोल्टनबर्गले निर्वाचनको परिणामलाई सम्मान गर्न अपील गरेका छन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रिड्युले चाहिँ प्रजातन्त्रमाथि सिधा हमला भएको देखेर आफू अत्यन्तै दुःखी र निराश भएको बताएका हुन् ।
अष्ट्रेलियाका प्रधामन्त्री स्कट मरिसनले पनि ती हिंसात्मक दृश्यहरु भयावह रहेको भन्दै आफूले शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनेमा विश्वास रेहको बताएका हुन् ।
टर्कीका विदेश मन्त्रीले सबै पक्षलाई ‘कमन सेन्स’ प्रयोग गर्न भनेका हुन् । भेनेजुएला सरकारले चाहिँ हालका गतिविधि शर्मनाक र पश्चातापपूर्ण भएको बताए ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया