

नयाँ प्रकारकाे कोरोनाले बेलायत अस्तव्यस्त, एकैदिन हजार बढीकाे मृत्यु !


बेलायतमा देखिएकाे नयाँ प्रकारकाे कोरोना भाइरसले त्यहाँकाे जनजीवन पुनः अस्तव्यस्त बनाएकाे छ । तीव्र संक्रामक मानिएकाे याे प्रकारकाे भाइरसका कारण त्यहाँ हालसम्मकै धेरै दैनिक संक्रमित र दैनिक मृत्यु संख्या रेकर्ड गरिएकाे छ । बुधबार एकै दिन बेलायतमा काेराेना भाइरसका कारण १ हजार ४१ जनाकाे मृत्यु भएकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ ।
वर्षको अप्रिलपछिकै सर्वाधिक मृत्यु संख्या हाे । त्यहाँ एकै दिन ६२ हजार ३२२ जना संक्रमित भएका छन् । यससँगै बिहीबार बिहानसम्म बेलायतमा कुल काेराेना संक्रमित २८ लाख ३६ हजार ८०१ पुगेकाे छ भने कुल मृतक संख्या ७७ हजार ३४६ पुगेकाे छ ।

बिबिसीका अनुसार बेलायतमा कोभिड- १९ को ‘न्यू भेरियन्ट’ देखिएपछि ‘मास टेस्टिङ’ सुरु गरिएको थियो । त्यसपछि एकैदिन ६२ हजार ३२२ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण व्यापक बन्दै गएपछि हाल बेलायतमा देशव्यापी लकडाउन लागू गरिएको छ ।
परिवर्तित स्वरूपकाे काेराेनाका कारण गत वर्ष अप्रिल १२ सम्ममा देखिएको संक्रमणको गति भन्दा अहिलेको अवस्था चिन्ताजनक रहेको बताइएको छ । त्यहाँका संक्रामक रोग विशेषज्ञ एन्ड्रिउ हेवार्डले संक्रमणका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया