

कोभिड १९ ख्याल गर्दै पूर्ण सावधानी साथ परीक्षा संचालन



कृष्णनगर,
कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरमा पुस २२ गते मंगलवार देखि विद्यार्थीहरुको अर्धवार्षिक परीक्षा शुरु गरेका छन। यो परिक्षामा लगभग ८०० विद्यार्थी हरु को सहभागिता रहेको छ परिक्षा दुई चरणमा भइ रहेको छ बिहाना ८:३० बजे देखि १०:३० बजे सम्म पहिलो चरण र १:३० बजे देखि ३:३० बजे सम्मा दोस्रो चरणको परिक्षा हुदै छ र परिक्षा संचालन गर्दा कोभिड १९ (कोरोना भाइरस) बाट विद्यार्थी,शिक्षकहरु लाई बचाउनको निम्ति पूर्ण सावधानी अपनाउदै समाजिक दूरी कायम गरि अनिवार्य रुपमा माक्स, सेनिटाइजर को प्रयोग गरि मात्रै परिक्षा हालमा आउन दिएका कुरा जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरका प्रवक्ता मौलाना मसहूद खां नेपाली ले बताएका छन।
जामिया सिराजुलवलुम अलसल्फिया का अध्यक्ष समिम अहमद नदवीको भनाईनुसार कोभिड–१९ महामारीबाट बिद्यार्थी, अभिभावक, कलेजका प्राध्यापक तथा कर्मचारी सबैलाई बचाउनाको लागि समग्र समुदायका जनताको स्वास्थ्यप्रति ख्याल गर्दै कलेज बन्द गरिएको थियो र नेपाल सरकारले जारी गरेको निर्देशिकको पालन गरि मंसिर ६ गते देखि पुनः कक्षा संचालन गरेका थिए र कालेज बन्द भएको समयमा हामी बैकल्पिक शिक्षा आनलाईन शिक्षा प्रणाली द्वारा विद्यार्थी हरु पढाउदै थियौ आनलाईन माध्यम बाट विद्यार्थीहरु लाई पढ़ाउने काम हाम्रा कालेजका शिक्षक हरु निरन्तर गरेका कारण ले मात्रै आज हामी परिक्षा शुरु गर्नामा सफल भएका छौं शिक्षकहरु ले गरेको मेहनत र काम प्रशंसनीय योग्य रहेको बताएका थिए।
मंगलवार बिहाना ९:३० बजे को समयमा कृष्णानगर नगरपालिकाका शिक्षा शाखा प्रमुख बलराम पन्थी, कलेजका अध्यक्ष समिम अहमद, प्रवक्ता मौलाना मसहूद खां, नेपालपत्र न्यूज डट कम का संवाददाता शहबाज खान, लगायत का टोली ले परिक्षा हलमा पुगि स्थलगत परिक्षा व्यवस्थापन बारे बुझेका छन।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया