

ओली सहभागी कार्यक्रममा कालो मास्क र गलबन्दी प्रतिबन्ध लगाइयो




काठमाडौँ, पुस १८
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा शनिबार ओली पक्षको नेकपाले राखेको कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको हो ।
सो कार्यक्रममा प्रधानमन्त्री ओलीलगायतका नेताहरुको सहभागिता रहेको छ । कार्यक्रममा सहभागी हुनका लागि ओली पक्षका नेता कार्यकर्ता पुग्दा ‘कालो लगाउन नपाइने’ सुरक्षाकर्मीले रोकेका थिए । उनीहरुलाई कालो मास्क, टोपी र गलबन्दी फुकालेर मात्रै प्रवेश दिइएको छ ।
कालो मास्क र टोपी लगाएर संकेतिक विरोधका लागि केही मान्छे आएको सूचना पाएकाले कार्यक्रम हलमा त्यस्ता वस्तु निषेध गरिएको आयोजकले जनाएको छ । यसअघि ओली पक्षको कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा पनि कालो मास्क प्रतिबन्ध गरिएको थियो । कमलादीमा शनिबार ओली पक्षको काठमाडौं जिल्ला कार्यसमितिले बृहत कार्यकर्ता भेलाको आयोजना गरेको हो ।
भेलमा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको सम्बोधन रहने छ । भेलालाई नै मध्यनजर गरेर कमलादी आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पुस ५ मा सरकारले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ । ओेली र प्रचण्ड–माधवकुमार नेपाल समूह छुट्टाछुट्टै भेला, कार्यक्रम र बैठक राख्दै आएका छन् ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया