
लुम्बिनी सुगरमिल सञ्चालकका पारिवारिक सदस्य प्रहरीको नियन्त्रणमा


काठमाडौं, पुस १६
पारिवारिक अंशबण्डाको विवाद रहेको भनिएको लुम्बीनी सुगर मिलकी सञ्चालिका सुशीला गोयलको पारिवारिक सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुशीलाका जेठाजु मनोज अग्रवाललाई प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको हो । अग्रवाललाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिममा उपस्थित गराईने जिप्रका पर्साका डिएसपी मनोजित कुँवरले बताए ।
लुम्बिनी सुगर मिलकी सञ्चालिका सुशीला गोयलको नाममा अदालतबाट पक्राउ अनुमति जारी भएको छ । गोयल बिरुद्ध सुनवलका चारजना उखु किसानले जाहेरी दिएका छन् । सुशीलाका जेठाजुसँग केही कुरा बुझ्नुपर्ने भएको हुनाले बीरगञ्जबाट बोलाईएको पश्चिम नवलपरासीका एसपी अजय केसीले बताए । उनले भने– ‘उँहासँग केही बुझ्नुपर्ने छ, त्यसैले बोलाएका हौं ।’
लुम्बिनी सुगर मिलले अहिलेसम्म २ करोड रुपैयाँ किसानलाई वितरण गर्नेगरी जम्मा गरेको छ । लुम्बिनीले उखु किसानलाई ७ करोड बक्यौता तिर्न बाँकी छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया