माउण्ट एभरेष्ट एजुकेश्नल जोनमा नेपाल स्वास्थ्य सेवा आयोगका तयारी कक्षा संचालन हुँदै

पुष १५ कपिलवस्तु ।
कपिलवसतुको चार नम्बर जितपुर स्थित माउण्ट एभरेष्ट एजुकेश्नल जोनमा नेपाल स्वास्थ्य सेवा आयोगका तयारी कक्षा संचालन हुने भएका छन् ।

कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित चार नम्बर जितपुरमा रहेको माउण्ट एभरेष्टमा पुष १८ गते देखि नेपाल स्वास्थ्य सेवा आयोगको तयारी कक्षा अन्र्तगत पब्लिक हेल्थ नर्सिङ्ग चौथो तह अ.न.मी, हेल्थ इन्सपेक्सन चौथो तह अ.हे.व, मेडिकल ल्याव टेक्नोलोजी चौथो तह ल्याव असिस्टेल्ट, मेडिकल ल्याव टेक्नोलोजी पाँचौ तह ल्याव टेक्निसियन र हेल्थ ईन्सपेक्सन पाँचौ तह हुल्थ असिसटेन्टका कक्षा संचालन हुने माउण्ट एभरेष्ट एजुकेश्नल जोनका प्रमुख माधव बञ्जाडेले जानकारी दिनुभयो ।

लामो समय देखि कोरियन भाषाका कक्षा समेत संचालन गरिरहेको सो संस्थाले हाल जापानिज भाषा, ईङ्लिस ल्याङ्वेज र कम्प्युटर कक्षा समेत संचालन गरिरहेको छ । त्यस्तै लोकसेवा तयारी कक्षा अन्र्तगत अधिकृत,नायव सुब्बा र खरिदार पदका लागि पनि कक्षा संचालन भईरहेको बञ्जाडेले बताउनुभयो । प्राथामिक, निमावि, र माध्यमिक तहका लागि शिक्षक सेवा आयोगका तयारी कक्षा पनि संचालन हुने उहाँको भनाई छ ।

कपिलवस्तुको चार नम्बर जितपुरमा विगत केही वर्ष देखि स्थापित रहेको माउण्ट एभरेष्टमा हाल भने नेपाल स्वास्थ्य सेवा आयोगका विभिन्न विषयका लागि तयारी कक्षा संचालन गर्न लागिएको बञ्जाडेलले जानकारी दिनुभएको छ । पुष १८ गते देखि कक्षा संचालन हुने हुँदा सो कक्षा लिन पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

खबर सबै