

किडार्क नेपालको कार्यक्रममा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न



कपिलवस्तु सुशील गैरे , पुस १०
दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तीकरण ( सिड्स) कार्यक्रम अन्तर्गत नगरपालिका स्तरिय परियोजना सल्लाहकार समिती संग सिड्स कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
किडार्क नेपालले बुद्धभूमि नगरपालिकाका तिन वडाका करिब १८०० घर परिवारमा आफ्नो कार्य अवधि भर सामाजिक आर्थिक अधिकार र समानता सहित उत्थानसिल र मर्यादित जीवनयापन गर्न सक्ने बनाउने किडार्क नेपालका अनूगमन तथा मुल्यांकन अधिकृत विदुर आलेले बताउनु भयो।
वार्षिक समीक्षा कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिका वडा न ९ का वडा अध्यक्ष खुमानन्द न्यौपानेले आफ्नो वडामा भएका धेरै विक्रीतीलाई किडार्कले कम गर्न सहयोग गरेको गरेको भन्दै किडार्क नेपालले कस्ता कार्यक्रम कुन क्षेत्रमा गर्दा राम्रो हुन्छ भन्ने विषयमा राम्रो संघ अध्यन गरेर मात्र कार्यक्रम गर्ने भएकाले किडार्कको काम उच्च प्रशम्सनिय रहेको भन्दै किडार्कका सम्पुर्ण कार्यक्रम नगरकै सम्पुर्ण वडामा पुर्याउन जोड दिनुभएको थियो

यस्तै वडा ४ का वडा अध्यक्ष पवन कुमार थारुले किडार्क नेपालको काम उदारणिय रहेको भन्दै वडाबाट आफुले गर्नु पर्ने सहयोगमा सधै तत्पर रहने प्रतिबद्दता जनाउनुभएको छ।
कार्यक्रममा बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले कार्यक्रम बच्चा देखि परिवार सम्म जोडिने भएकाले यस्ता कार्यक्रमले नगरपालिकाको विकाशमा पनि सहयोग पुत्याउने भन्दै बुद्धभूमि नगरपालिकालाई पनि नमुना नगरपालिका बनाउने कार्यमा संस्था संग सहकार्य गर्न सधै तयार रहेको बताउनु भएको छ ।
कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठले संस्थाले गर्दै आएका कामलाई अन्य वडामा पनि बिस्तार गर्दै जान सुझाव दिदै किडार्क नेपालले संचालन गरेका कार्यक्रमले स्वास्थ सरसफाई र आय आर्जनमा धेरै परिवर्तन भएको भन्दै खुसि व्यक्त गर्दै किडार्क नेपाल संग नगरपालिका सधै सहकार्य गर्न तयार रहेको बताउनुभएको छ।
किडार्क नेपालका अनूगमन तथा मुल्यांकन अधिकृत विदुर आलेले किडार्क नेपाल र किडार्क नेपालले २०२० मा शिवराज नगरपालिका र बुद्द्भुमी नगरपालिकामा गरेका कामको विषयमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा किडार्क नेपालका जिल्ला संयोजक हरि लौडारिको अध्यक्षता, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता,बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा योजना तथा प्रशासन शाखा प्रमुख राजन पोख्रेल , वडा अध्यक्ष खुमानन्द न्यौपाने,पवन कुमार थारु, शिक्षा अधिक्रीत कृष्ण भट्टराई लगायताको आतिथ्यता रहेको कार्यक्रममा किडार्क नेपालका अनूगमन तथा मुल्यांकन अधिकृत विदुर आलेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन किडार्क नेपालका ऋम्ँ अमर बहादुर विश्वकर्माले गर्नुभएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया