

कुवेतमा खोप अभियान शुरु हुदै..


कुवेत सिटीः नेपाली श्रमिक कामदार निकै ठूलो संख्यामा रहेको अरब मुलुक कुवेतमा बिहीबारदेखि कोभिड–१९ को खोप अभियान शुरु हुन लागेको छ । कुवेतका स्वास्थ्य मन्त्री बास्सेल अल–सबाहले पहिलो चरणमा बुढाबुढी र स्वास्थ्यकर्मीलाई खोप दिइने बताउनु भएको छ ।
हवाल्ली गभरनरेटको खोप केन्द्रको निरीक्षण गरेपश्चात मन्त्री अल–सबाहले कुवेतमा खोप महिनैपिच्छे प्राप्त हुने र योक्रम वर्षैभरि जारी रहने जानकारी दिनुभयो । देशका सबै मानिसलाई खोप दिइने पनि उहाँले बताउनुभयो ।
उहाँले हालसम्म ३७ हजार ७०० व्यक्तिले खोपका लागि नाम लेखाइसकेको पनि बताउनुभयो । कुवेतले फाइजर र बायोएनटेकले विकास गरेको खोप भित्र्याएको छ ।सिन्ह्वाका अनुसार विदेशी श्रमिकलाइ खाेप दिइने वा नदिइने बारेमा भने केही उल्लेख छैन ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया