आन्दोलनकै बलमा प्रधानमन्त्री र राष्ट्रपति बदल्छौँ : जसपा कपिलवस्तु

पुस ८ कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वमन्त्री दानबहादुर चौधरीले केपी ओली सरकारले संसद विघटन गरेर मुलुकमा अस्थिरता निम्ताएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमलाई असंवैधानिक एवं लोकतन्त्र विरोधी रहेको पनि उहाँले बताउनुभयो । नेता चौधारीले प्रधानमन्त्री ओलीको कदम राजनीतिक रूपमा पनि लोकतन्त्र विरोधी र निन्दनीय भएको बताउनु भएको छ ।
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले आज निकालेको विरोध प्रदर्शनलाई प्रशासन कार्यालय अगाडी सम्वोधन गर्दै पूर्वमन्त्री चौधरीले अलोकतान्त्रिक, असंबैधानिक र गैरराजनीति उक्त निर्णय विरुद्ध सडक आन्दोलन चर्काइने चेतावनी दिनु भएको छ । ‘राजनीतिक रूपमा पनि उहाँले अत्यन्तै लोकतन्त्र विरोधी कदम चाल्नुभएको ठहरिन्छ’, उहाँले भन्नुभयो, ओलीको कदमले नेपालको राजनीतिक परिवर्तनलाई पछाडि धकेल्ने काम गरेको पनि जसपा नेता चौधारीले बताउनुभयो ।
जनता समाजवादी पार्टी कपिलवस्तुले जिल्लाको सदरमुकाम तौलिहवामा विशाल र्याली सहित संसद विघाटनको विरुद्धमा प्रदार्शन गरेको हो । पार्टीको केन्द्रिय परिपत्र अनुसार नेपालका ७७ वाटै जिल्लामा आज विरोध र्याली प्रर्दाशन गरेको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जानकारी दिनुभएको छ ।
तौलिहवाको जमुवार टोल देखि निस्केको र्याली जिल्ला प्रशासन कार्यलय अगाडी गएर कोण सभामा परिणत भएको थियो ।


कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य नारायाण खनालले संबिधान विघटन गर्ने प्रधानमन्त्रीलाई कुनै अधिकार नभएको भन्दै उहाँले आक्रोस पोख्नुभयो । संबिधानले स्पष्ट दुई तिहाइको सरकारले संबिधान विघटन गर्न नपाउने उल्लेख गरेकाले प्रधानमन्त्रीले संबिधान विरोधी हर्कत गरेको आरोप लगाउनु भएको छ । उहाँले असंबैधानिक र अलोकतान्त्रिक कदमलाई न्यायलयले खारेज गर्नुपर्ने बताउनु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य तथा जसपा लुम्बिनी प्रदेशका संसदीय दलका नेता सहसराम यादवले जनआन्दोलन र मधेश आन्दोलनसँगै गरेको स्मरण गर्दै उहाँले प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि आन्दोलनबाटै फालिने चेतावनी दिनु भएको छ । उहाँले संघीयता र गणतन्त्र विरोधी विरुद्ध अव चुप लागेर नबस्ने दावी पनि गर्नुभयो । संबिधानमाथि प्रहार गर्ने यो खेलविरुद्ध एक भएर आन्दोलन गरिने चेतावनी दिनु भएको छ । संघीयता र गणतन्त्रलाई धरासायी पार्ने काम कसैबाट हुन नहुने भन्दै त्यसो गरिए फेरी सशक्त आन्दोलन गरिने यादवले बताउनु भयो ।
जनता समाजवादी पार्टीको केन्द्रिय परिपत्र अनुसार पौष १० गते देशभरिका सबै जिल्लाका सदरमुकामहरू मा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहनको कार्यक्रम तय भएको छ भने पौष ११ गते सबै जिल्लाका सदरमुकामहरूमा मसाल जुलूस, तथा १२ गते सबै जिल्ला सहित काठमाण्डौँ उपत्यकामा विशाल जनप्रर्दाशन गरिने कार्यक्रम रहेको जनता समाजवादी पार्टी कपिलवस्तुका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया

खबर सबै