

सूर्य चिन्हमा कसैले दाबी नगरे हुन्छ, हामी पाउँछौं : प्रचण्ड-नेपाल समूह



काठमाडौं, पुस ८
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन्।
ओलीलाई कारबाही गरेको र आफूहरू नै आधारिक नेकपा भएको व्यहोराको पत्र बोकेर नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत निर्वाचन आयोग पुगेका छन्। उनीहरू दिउँसो साढे २ बजे निर्वाचन आयोग पुगेका हुन्।
आयोगमा पुगेर उनीहरूले हिजो भएको पार्टीको निर्णय र हस्ताक्षर बुझाएका छन्।
आयोगमा पार्टीको निर्णय बुझाएर बाहिरिँदै गर्दा नेकपा र सूर्य चिन्ह आफूहरूको हुने दाबी गरेका छन्।
सूर्य चिन्ह र पार्टीको नाम नेकपा आफूहरूको हुने नेता पाण्डेले बताए। ‘हामीसँग ७० प्रतिशत मत छ। घर छाडेर जानेले घर पाउँछ र? अर्को बनाउनुपर्छ,’ पाण्डेले भने, ‘सूर्य चिन्हमा कसैले दाबी नगरे हुन्छ, हामीले पाउछौँ।’
२ तिहाइ भन्दा बढी केन्द्रीय सदस्य रहेको दाबी गर्दै आफूहरूको निर्णय आधिकारिक रहेको स्थायी कमिटि सदस्य लिलामणी पोखरेलले सेतोपाटीलाई बताए।
‘अहिले कायम रहेको ४ सय ३५ सदस्यीय केन्द्रीय कमिटिमा हाम्रो पक्षमा
३ सय भन्दा बढी केन्द्रीय सदस्य छन्। केपी ओलीसँग नयाँ पार्टी खोल्न सक्ने संख्या समेत छैन,’ उनले भने, ‘४ सय ३५ को हस्ताक्षरनै वैधानिक हो। केपी ओलीले १५ सय त के २५ हजार लगेर राखे पनि त्यो वैधानिक हुँदैन।’
नेकपा गठन हुँदा तत्कालिन नेकपा एमालेबाट २ सय ४१ र माओवादी केन्द्रबाट २ सय गरी ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो। त्यसपछि एकता प्रक्रियाबाट थपिएका गरी ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी बनेको पोखरेलले बताए।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया