

दाहाल – नेपाल बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग जाने तयारी



काठमाडौं, पुस ८
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित निर्वाचन आयोग जाने भएका छन् ।
नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा जान लागेको जानकारी दिए । ‘३१५ जना केन्द्रीय सदस्यको हस्ताक्षर सहित केहीबेरमा आयोग पुग्दैछौं’, पोखरेलले भने ।
प्रचण्ड–माधव समूहले आफूहरू दर्ताका लागि आउन लागेको आयोगलाई जानकारी गराइसकेको छ । आयोगका एक सदस्यले भने, ‘उहाँहरू हस्ताक्षर लिएर आउने जानकारी आएपछि हामी पर्खाइमा छाैं ।’
निर्वाचनमा आयोगमा नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटी दर्ता छ । उनीहरूमध्ये दुई तिहाई केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको पोखरेलको दाबी छ ।
पोखरेल, नेकपाका अर्का नेता सुरेन्द्र पाण्डे, कार्यालय सचिव श्रीराम सुवेदी लगायत आयोग जान लागेका हुन् ।
बालुवाटार बसेको बैठकपछि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले समूहले मंगलबारै निर्वाचन आयोगलाई केन्द्रीय कमिटी पुनर्गठनको जानकारी दिइसकेको छ । ओली समूहले ५५६ जना केन्द्रीय सदस्य थप गरेर प्रदीपकुमार ज्ञवालीलाई प्रवक्ता चयन गरेको छ ।
बबरमहलमा पुष्पकमल दाहाल, प्रचण्डको अध्यक्षतामा बसेको बैठक वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ ।
दुबै पक्षले आ–आफ्नो समूह आधीकारिक भएको दाबी गरिरहेका बेला प्रचण्ड–माधव पक्ष हस्ताक्षर सहित आयोग जान लागेको हो ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया