कपिलवस्तुका ११ जना नेता ओलीकाे केन्द्रिय कमिटीमा समावेश 

facebook sharing button

 पुस ८ कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रकाे आन्तरिक कलह चरमउत्कर्षमा पुगिरहेका बेला दुई अध्यक्षले धमाधम आफू निकटका नेताहरूलाई पार्टीको केन्द्रीय कमिटीमा समावेश गरिरहेका छन् । अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैैैैैैठकमा ओलीले ११९९ सदस्यीय केन्द्रिय  कमिटी घोषणा गर्नुभएको हो  । नेकपाको पुनरगठित केन्दिय कमिटीमा  कपिलबस्तुबाट ११ जना नेता पर्नु भएको छ । पहिले देखी केन्द्रमा रहदै आउनु भएका बिमला घिमीरे र शिराज अहमद फारुकी पुनर गठित केन्दिय सदस्यमै रहनु भएको छ ।  नयाँ मनोनित हुने केन्दिय सदस्यमा बलराम अधिकारी , झबीलाल पोख्रेल , कृष्ण पौडेल , डम्मर शर्मा , बिश्राम चौधरी , शान्ति देबी हरीजन ,शुसिल श्रीवास्तब , मुस्तफा मुसलमान र  शारदा शर्मा रहनु भएको छ ।

प्रतिक्रिया

खबर सबै