(नेकपा) भित्र प्रचण्ड–नेपाल समूहको निर्णय : दोस्रो वरीयताको अध्यक्ष माधव नेपाल चयन

पुष ७ काठ्माडाँै ।
नेपाल कम्युनिष्ट पार्टी (नेकापा) भित्रको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले बरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपाको दोस्रो वरीयताको अध्यक्ष बनाएको छ ।
काठमाडौंको बबरमहलमा आज बसेको प्रचण्ड –माधव नेपाल समुहको बैठकले केपी ओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरिसकेको छ ।
बैठकमा केन्द्रीय सदस्य प्रभु साहले पार्टीमा दुई अध्यक्ष नभई एकल अध्यक्ष हुनुपर्ने फरक मत राखेका थिए । तर, उनको मत अस्वीकृत भएको थियो । त्यसैगरी कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा लैजाने निर्णय केन्द्रीय कमिटीले गरेको छ । प्रचण्ड–माधव नेपाल समूहले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।
वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने निर्णय भएको झलनाथ खनालले प्रस्तावको घोषणा गरे ।

प्रतिक्रिया

खबर सबै