

अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने



बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको ‘अवशेष’को प्रभावले हाल देशका धेरै स्थानमा पानी परिरहेको छ । हिमाली भूभागमा हिमपात भइरहेको छ ।
आज र भोलि (कात्तिक १३–१४)सम्म देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षा/हिमपातको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा पनि भारी वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
“भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रूपमा कम हुने देखिन्छ,” महाशाखाले भनेको छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले अबका ३० घण्टा सतर्क रहन आग्रह गरेका छन् ।
“आगामी ३० घण्टा विशेष सतर्क रहनुहोला, खासगरी नदी किनारमा बस्नुहुने र हिमाली क्षेत्रमा रहनुभएकाहरू,” उनले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनको ‘अर्नब’को बाँकी न्यूनचापीय प्रणाली अझै नेपालबाट टाढै रहेको जनाएका छन् । “साँझतिर नेपालनजिक आइपुग्दा त्यसको प्रभावले करिब ५–१० घण्टासम्म भारी वर्षा हुन सक्ने देखिन्छ,” उनले भनेका छन् ।
त्रिविको जल तथा मौसम विज्ञान केन्द्रीय विभागकै अर्का सहप्राध्यापक डा. मदन सिग्देलले पनि आज बेलुकादेखि भोलि बिहानसम्म लुम्बिनी र गण्डकीका पूर्वी क्षेत्र तथा वाग्मती, मधेस र कोसी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना औँल्याएका छन् । शनिबार बेलुकादेखि वर्षा रोकिने उनको भनाइ छ ।
“हिजोदेखि अर्नब चक्रवातको प्रभाव लगभग सबै प्रदेशमा परेको छ, धेरै ठाउँमा हल्का पानी परेको छ,” उनले फेसबुकमा लेखेका छन्, “आज बेलुकादेखि भोलि बिहानसम्म लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी क्षेत्र साथै वाग्मती, मधेस र कोसी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना देखिन्छ, भोलि बेलुकाबाट वर्षा रोकिने सम्भावना छ ।”


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया