

युनाइटेड स्टुडेन्ट्समा विद्यार्थीहरू लक्षित निःशुल्क आँखा परीक्षण



कपिलवस्तु | अन्तर्राष्ट्रिय बालश्रम विरुद्ध दिवस को अवसरमा युनाइटेड स्टुडेन्ट्स एकेडेमी सेकेन्डरी स्कुल, बाणगंगा–८, चप्परगाउँ, कपिलवस्तु को आयोजनामा तथा कपिलवस्तु आँखा अस्पताल को प्राविधिक सहयोगमा विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।
शिविरमा विद्यालयका विद्यार्थीहरूको आँखा परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक सुझाव प्रदान गरिएको थियो। साथै, परीक्षणका क्रममा आवश्यक देखिएका विद्यार्थीहरूलाई निःशुल्क चस्मा वितरण गरिने व्यवस्था समेत गरिएको विद्यालयले जनाएको छ। बालबालिकाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै उनीहरूको शैक्षिक तथा व्यक्तिगत विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमबारे जानकारी दिँदै पवनराज पाण्डे ले अन्तर्राष्ट्रिय बालश्रम विरुद्ध दिवसको सन्देशलाई व्यवहारमा उतार्न बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो।
यस अवसरमा विद्यालयका कार्यकारी निर्देशक राजु अधिकारी ले भन्नुभयो, ‘बालबालिकालाई श्रमबाट मुक्त राखी गुणस्तरीय शिक्षा र स्वस्थ जीवनतर्फ उन्मुख गराउनु हाम्रो साझा दायित्व हो। यस्ता कार्यक्रमले विद्यार्थीहरूको स्वास्थ्य संरक्षणसँगै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछन्।’
त्यसैगरी स्वस्थ विद्यार्थी नै सफल शिक्षाको आधार हुन्। विद्यालयले शैक्षिक गतिविधिसँगै विद्यार्थीहरूको स्वास्थ्य र कल्याणलाई पनि उच्च प्राथमिकतामा राखेको छ। निःशुल्क आँखा परीक्षण तथा चस्मा वितरण कार्यक्रमले विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिएका छौं।’ विद्यालयकी प्रधानाध्यापक तृष्णा तिवारीले भन्नुभयो ।

विद्यालयमा विद्यार्थीहरुको आँखा परिक्षण कपिलवस्तु आँखा अस्पतालका विशेषज्ञ चिकित्सक डा. प्रमोद यादव सहितको चिकित्सकीय टोलीले गरेका थिए ।
विद्यालयले आगामी दिनहरूमा पनि विद्यार्थी केन्द्रित यस्ता स्वास्थ्य तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


खबर सबै
-
दाङ : मलका लागि रातभर लाइनमा बस्न बाध्य किसान
-
फिफा विश्वकप : पहिलो खेलमा अमेरिकाको फराकिलो जित
-
युनाइटेड स्टुडेन्ट्समा विद्यार्थीहरू लक्षित निःशुल्क आँखा परीक्षण
-
बजेट प्रणालीमा सुधार गर्ने लुम्बिनी सरकारको निर्णय
-
जन्मदिनमा पत्रकार अधिकारीकाे आर्थिक सहयाेग,बाणगंगाका घिमिरेलाई उपचारमा राहत
-
आयोजक ‘जिनुवालाई ट्राइब्रेकरमा हराउँदै डि.वाइ.सी’ राजपुरले चुम्यो ‘केशव स्मृति नाइन-ए साइट फुटबल’को उपाधि
-
बजेट प्रणालीमा सुधार गर्ने लुम्बिनी सरकारको निर्णय
-
जन्मदिनमा पत्रकार अधिकारीकाे आर्थिक सहयाेग,बाणगंगाका घिमिरेलाई उपचारमा राहत
-
आयोजक ‘जिनुवालाई ट्राइब्रेकरमा हराउँदै डि.वाइ.सी’ राजपुरले चुम्यो ‘केशव स्मृति नाइन-ए साइट फुटबल’को उपाधि
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने











प्रतिक्रिया