

प्रदेशसभाबाट राजीनामा दिएर हिँडे, संघीय चुनाव हारे



प्रतिनिधिसभा सदस्य निर्वाचन, ०८२ का निम्ति प्रदेशसभा सदस्य पदबाट ६ सांसदले राजीनामा दिए । तीमध्ये पाँचजनाले प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवारी दिए ।
गत माघ ५ मा कांग्रेसका प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले, एमालेका प्रकाश श्रेष्ठ र अमनकुमार मास्के, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वसन्त मानन्धर र युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुनील केसीले राजीनामा दिए ।
प्रदेशमा सांसदबाट राजीनामा बुझाउँदै केन्द्र रोजेका यी पाँचमध्ये तीन सांसदले हार व्यहोरेका छन् । हालै सम्पन्न मतपरिणामअनुसार, एमालेबाट काठमाडौं–६ का उमेदवार अमन मास्के र काठमाडाैं–७ (ख) का उमेदवार श्रेष्ठले हार व्यहोरेका हुन् । साथै, नेकपाका काठमाडौं–७ का उमेदवार मानन्धरले पनि भारी मतान्तरसहित पराजित भोगे ।
त्यसो त, काठमाडौं–६ (ख) बाट निर्वाचित भएर प्रदेशसभामा आएका मास्के काठमाडौं–६ बाट प्रतिनिधिसभा निर्वाचनमा होमिए । उनले कुल चार हजार ३७३ मत प्राप्त गरे । तर, त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनालले २७ हजार ७१९ मत प्राप्त गरी विजयी बने ।
नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गर्दा मास्के तेस्रो स्थानमा झरे । मास्केले, वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीका रूपमा एक वर्ष कार्यभार सम्हालेका थिए । मास्के एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् ।
यता, एमालेबाट काठमाडौं–७ (ख) बाट प्रदेशसभामा निर्वाचित श्रेष्ठ प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–७ बाट लड्न प्रदेशसभाबाट राजीनामा दिए । तर, उनी भारी मतान्तरले पछि परे । उनले कुल ३ हजार ५४४ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा पनि रास्वपाकै गणेश पराजुली विजयी भएका छन् । पराजुली र श्रेष्ठबीच २४ हजार बढी मतान्तर रहेको छ ।
दुईपटक प्रदेश सांसद विजयी भएका श्रेष्ठले दुईपटक वाग्मतीको मन्त्री बन्ने अवसर प्राप्त गरे । उनले करिब तीन महिना उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाले भने एक वर्ष कृषि तथा पशुपन्छी विकासमन्त्री बने ।
तत्कालीन नेकपा एसबाट ७ (क) बाट निर्वाचित भएका मानन्धर पनि नेकपाबाट काठमाडौं–७ बाटै उमेदवार बनेका थिए । तर, उनी तेस्रो स्थानमा सीमित भए । यससँगै कुल तीन हजार ६६७ मत प्राप्त गरेका मानन्धरको प्रतिनिधिसभा सदस्य बन्ने सपनामा तत्कालका लागि ‘ब्रेक’ लागेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया